एकिकृत समाजवादी लोकप्रिय बन्दै गएपछि ओलीको निन्द्रा हराम भयो–नेपाल

डम्मर बुढा मगर, बागलुङ
नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो पार्टी लोक प्रिय बन्दै गएपछि केपी ओलीको निन्द्रा हराम हुँदै गएको बताउनुभयो । सोमबार बागलुङमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका कार्यकर्ता जति सबै नेकपा एसमा आउन थालेको उहाँले दाबी गर्नुभयो ।

‘अहिले सबै तिर हाम्रो पार्टी लोकप्रिय बन्दै गएको छ, यो देखेर कसैकसैको निन्द्रा हराम भएको छ,’ अध्यक्ष नेपालले भन्नुभयो ‘अहिले धेरै पार्टीका कार्यकर्ता हाम्रोमा आउने लर्को छ, त्यसमा सबैभन्दा बढी एमालेबाट आउने छन्, यसले धेरैलाई झस्काइ रहेको छ ।’

आफूहरुले लामो समय संघर्ष गरेर स्थापित गरेको पार्टी केपी ओलीले जाल, झेल र षड्यन्त्र गरेर कब्जा गरेको आरोप लगाउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई सिध्याउन खोजेको आरोप लगाउँदै आफूहरु एकताबद्ध भएर जोखाएको बताउनुभयो । एमालेले वामपन्थीहरुसँग तालमेल नगरी अहिले पनि जारावादी र विदेशी दलाल पार्टीसँग चोचोमोचो मिलाई रहेको आरोप लगाउनु भयो ।

‘केपी ओलीले लोकतन्त्र र संविधानलाई सिध्याउन खोजेका थिए, हामीले जोगायौँ, अहिले पनि कमल थापा र केपी ओली र कमल थापाको चोचोमोचो मिलिरहेको छ, उहाँले भन्नुभयो ‘उनको हामीसँग मेलमिलाप हुँदैन, माओवादी, जनता समाजवादीसँग मेलमिलाप हुँदैन, विदेश दलालिका पार्टीका नेतासँग उनको तालमेल हुन्छ ।’

ओली भ्रष्टचारीको नाइके भएको आरोप लगाउँदै काम केही नगर्ने तर जनतालाई भ्रममा पार्ने गरिरहेको उहाँको भनाइ छ । नेपालले सबै जिल्ला र प्रदेशमा एकिकृत समाजवादीको संगठन मजबुत बन्दै गएको भन्दै गण्डकी प्रदेशमा एक जना सांसद नजिकको रहेकोमा उनको पनि सातो गएर एमालेमै टाँसिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *