सहकारीको कारोबार सदस्य केन्द्रित हुनुपर्छ : महासंघ सञ्चालक जिसी

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारीले सदस्यहरुलाई केन्द्रीत गरेर संस्थाको व्यवसायलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणस्थान बागलुङको तेस्रो सेवा केन्द्रको बिहीवार बागलुङ बजारमा उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो । सहकारी सदस्य केन्द्रीत व्यवसाय हो, यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सदस्यहरुको चाहना र आवश्यकतालाई बुझेर सोही अनुसार संस्थाको योजना र कार्यक्रम बनाएर अगाडि बढ्न पर्छ, जिसीले भन्नुभयो–‘सहकारीले सञ्चालन गर्ने व्यवसायलाई मर्यादित बनाउन र प्रविधिको अधिकतम परिचालनमा समेत सहकारीले जोड दिनुपर्दछ ।’

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष समेत रहेकी जिसीले ग्रामिण क्षेत्रमा स्थापना भई सदरमुकाममा सेवा केन्द्र सञ्चालन गर्ने बलेवा एकता साकोसको काम सह्रानीय रहेको बताउनुभयो । ११ वर्ष अघि बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानमा स्थापना भएको बलेवा एकता साकोसमा हाल २ हजार १ सय जना शेयर सदस्य रहेका छन् ।

संस्थाले यसभन्दा अगाडि बानपा–१२ अमलाचौर र बानपा–पैयुपाटामा सेवा केन्द्र सञ्चालन गरिसकेको छ । संस्थाले जैमिनी नगरपालिका वडा नं. १ कुश्मीसेरा बजारमा सेवा केन्द्र सञ्चालनको तयारी गरेको प्रवन्धक भरत पौडेल (बागलुङे) ले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रम सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक चन्द्र प्रकाश शर्मा गणेशको अध्यक्षता, उपाध्यक्ष टिकाराम शर्माको स्वागत र सचिव तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *