लागु औषधसहित ढोरपाटनबाट श्रीमान श्रीमती पक्राउ

आदर्श अनलाइन, बागलुङ
खाजा पसाल सञ्चालन गर्दै आएका श्रीमान श्रीमती लागु औषधसहित पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर २ घर भई हाल बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४९ को धन बहादुर भण्डारी र उनको श्रीमती वर्ष ४० की मिना थापा भण्डारीले संचालन गरेको मिनाखाजा घरबाट ७०० ग्राम लागु औषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

खाजा पसलमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा जस्तो धुलो पदार्थ ७०० ग्राम फेला परेको हुँदा उक्त लागु औषधसहित निज प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

श्रीमान श्रीमती यसभन्दा अगाडी २०७७ असार १२ पसलमा रहेको लागु औषध चरेश १९० ग्राम र ९ किलो ग्राम गाँजाको धुलो सहित पक्राउ परी कैद भुक्तान समेत गरी सकेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *