ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बागलुङ ट्राफिक

डम्मर बुढा मगर, बागलुङ
ट्राफिक व्यवस्थालाई थप प्रभावकारी बनाउन जिल्ला ट्राफिक कार्यालय बागलुङ सक्रिय बन्दै गएको छ । ट्राफिकले बजार तथा ग्रामीण क्षेत्रमा संचालन हुने सवारी साधनलाई दुर्घटना न्यूनिकरण तथा सजकता सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु गर्नुका साथै यात्रुहरुलाई पनि सजक बनाउँदै आएको छ ।

अटेरी तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने चालकबाट राजश्व समेत संकलन गर्दै आएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङले चालु आर्थिक वर्षको हालसम्म ४४ लाख ७८ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको छ । यस अवधीमा सात हजार ५०० सवारी साधानहरु कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका सूचना अधिकारी विशाल परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७५३ वटा ट्रक तथा टिपर, ४२५ बस, तीन हजार ४५२ कार तथा जिप, ७२० ट्याक्टर, दुई हजार ११८ मोटरसाइकल र ३२ वटा अन्य सवारी साधानहरु कारवाहीमा परेका छन् । ट्रक तथा टिपरबाट चार लाख ७८ हजार, बसबाट दुई लाख ५२ हजार, कार जिपबाट १९ लाख १७ हजार, ट्याक्टरबाट चार लाख २७ हजार ५००, मोटरसाइकलबाट १३ हला ८० हजार ५०० र अन्य सवारी साधानबाट २३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको परियाको भनाई छ ।

नौँ महिनामा झण्डै आधा करोड राजश्व गरेको बागलुङ ट्राफिकले चालु आर्थिक वर्षको अन्तिमसम्म आधार करोड बढी राजश्व संकलन हुने आँकलन गरिएको छ । यो अवधीमा करिब दुई दर्जन सवारी दुर्घटनामा परेका छन् भने १० जनाको मृत्यु भएको छ ।

दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् भने सबैभन्दा कम ट्रिपर र बस रहेका छन् । यस अवधीमा १२ वटा मोटरसाइकल परेका छन् भने २ वटा बस र २ वटा ट्रिपर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिप कार ५ वटा र ट्याक्टर ५ वटा दुर्घटनामा परेका छन् । दुर्घटनामा १० जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौँ पुरुष र १ बालक रहेको प्रमुख केसीको भनाई छ । दुर्घटनामा १९ जना गम्भीर घाइते भएका छन् भने आठ जना सामान्य घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा १२ पुरुष, चार महिला, २ बालक र एक बालिका रहेका छन् । प्रमुख केसीले विगतको तुलनामा दुर्घटना न्यूनिकरण हुँदै गएको बताउनुभयो । उहाँले जिल्ला भर ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउन आफूहरु निरन्तर लागि रहेको बताउनुभयो । उहाँले समुदायमा पुगेर नागरिकसँग ट्राफिक सचेतना गर्नुका साथै यात्रु र चालकहरुसँग दुर्घटना न्यूनिकरण सम्बन्धी कार्यक्रम गरिरहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *