बागलुङबाट घुस लिँदै गर्दा प्रहरी पक्राउ

डम्मर बुढा मगर, बागलुङ
बागलुङबाट घुस लिँदै गर्दा प्रहरी पक्राउ परेका छन् । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोलाई घुस लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी देवी प्रसाद थपलियाले जानकारी दिनुभयो ।

महतोले सेवा ग्राहीबाट ३८ हजार रुपैयाँ लिँदै गर्दा नियन्त्रणमा लिएको थपलियाको भनाई छ । महतो बागलुङ नगरपालिका वडा नम्बर २ विपद् व्यवस्थापन गुल्मको कार्यालय नजिकैबाट मंगलबार साँझ ६ बजे पक्राउ परेको सूचना अधिकारी थपलियाले बताउनुभयो ।

पक्राउ परेका महतो लेनदेन केस मिलाई दिने भन्दै सेवा ग्राहरीसँग घुस माग गरेका आधारमा अख्तियार दुरुपयो अनुसन्धान आयोगकाको कार्यालय पोखरा खटि गएको टोलीलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *