लोक गायक विष्णु खत्रीलाई माओवादीले ग¥यो गलकोटको मेयरमा सिफारिस

आदर्श अनलाइन, बागलुङ
नेकपा (माओवादी केन्द्र) गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मयेरको उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको लागि सिफारिस गरेको हो ।

मेयर पदको लागि नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर’, गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती र नगर कमिटी उपाध्यक्ष गंगा भुजेललाई सिफारिस गरेको छ ।

उपमयेरको उम्मेदवारको रुपमा नगर कमिटी उपाध्यक्ष ललित श्रीष, नगर कमिटी सचिव चन्द्रदक्त रेग्मी, नगर कमिटी कोषाध्यक्ष कौषिला घर्ती र नगर कमिटी सदस्य ललिता थापालाई सिफारिस गरेको गलकोट नगर कमिटी अध्यक्ष फमलाल न्यूरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *