काठेखोलाको पाँच वर्ष : आधारभूत आवश्यकतामा फड्को, प्रविधिमा अब्बल

आदर्श अनलाइन, बागलुङ

बागलुङको काठेखोला गाउँपालिका जिल्लाकै कम आलोचित पालिका मध्ये पर्दछ । काठेखोला गाउँपालिका जिल्लाकै दश पालिका मध्ये प्रविधिमा उत्कृष्ट गाउँपालिकाका रुपमा समेत सूचिकृत भइसकेको छ । पालिकाले पाँच वर्षमा ठूला तथा महत्वकांक्षी योजना नभएर जनताको आधारभूत आवश्यकता पुरा गर्नमै खर्चेकोे छ ।

सदरमुकामको पालिकासंग जोडिएको काठेखोलाले जनताको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पुशपालन, सडक तथा पुल र प्रविधिको क्षेत्रमा बढी लगानी गर्न सफल भएको छ । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले घोषणा पत्रमा उल्लेख गरेका ९० प्रतिशत योजना सफल भएका छन् । काठेखोला गाउँपालिकाको आन्तरिक आम्दानी अत्यन्तै कम भएको सन्दर्भमा नागरिकलाई आय आर्जनमा जोड्ने, कृषि तथा पशुपालनमा जनतालाई अग्रसर बनाउने र जनताको आम्दनी बढाउने ध्याउन्नेमा गाउँपालिकाले पाँच वर्ष विताएको देखिन्छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आफ्नो वडाको बजेट संग मिलाएर अत्याधिक पदमार्ग, सडक नाली र सडक मर्मत गर्न सफल भएको देखिन्छ । गाउँपालिकाले पालिकाका ८ वटै वडामा वार्षिक १० लाख भन्दा माथी बजेट विनियोजन गर्ने गरी प्रत्येक वडामा फरक फरक पहिचानको योजना सत प्रतिशत कार्यान्वयनमा सफलता पाएको देखिन्छ ।

गाउँपालिकाले वडाको संभावना र स्थानीय जनताको माग अनुसार कृषि हाट बजार, जनजाती संग्हालय, खेल मैदान तथा पर्यटकीय स्थल र सित भण्डार गृह जस्ता योजनालाई पहिचानको योजनामा जोडेर सत प्रतिशत काम गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले बताउनुभयो ।

“हामी नितान्त जनताको आधारभूत आवश्यकतामा मात्रै केन्द्रित भयौ, प्रत्येक स्वास्थ्य चौकीमा बर्थिाङ सेन्टर, चार वटा स्वास्थय इकाई थपगरेका छौं, खानेपानी सिचाई, सडक सुधार, रोजगारी पशु पालन र कृषिमा बढी जोड ग¥यो, हाम्रा महत्वकांक्षी ओजना थिएन” थापाले भन्नुभयो “अहिले सबै वडा कार्यालयहरु सुविधा सम्पन्न छन्, विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ, स्मार्ट स्कुलको अवधारणा गाउँपालिका भर लागू गरिसकेका छौं, सडक कालोपत्रेको चरणमा पुगेका छौं, एक घर एक धारा निर्माण लगायतका थुप्रे साना साना योजना सफल बनाएका छौं ।”

गाउँपालिकाले डिजिटल प्रोफाइल निर्माण पेपरलेस गाउँपालिका बनाउनमा अग्रसर, राजश्व संकलन, सिफरिस, घटना दर्ता, सामाजिक सुरक्षा डिजिटल माध्यमबाट, विद्यालयमा लेखा व्यवस्थापन सफ्टवयर र स्मार्ट स्कुल घोषण र सबै विदालयमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

दुई जना कर्चचारी र एउटा कोठामा स्थापना भएको गाउँपालिकाले सिमित स्रोत र असिमित जनआकांक्षाहरुलाई केही हद सम्म पुरा गर्न सफल भएको छ । गाउँपालिकामा हाल सम्म घरको छाना मुक्त घर अन्तिम चरणमापुगेको छ । जिल्लामै कम बेरुजु निस्कने पालिकामा पर्ने काठेखोलाले आर्थिक अनुसासन उल्लङ्घन गरेको कुनै घटना समेत बाहिर आएका छैनन् ।

पालिकाले स्वस्थ्यचौकीका पहुँच नपुगेको र पायक नपरेको क्षे तंग्राम, बिहुँ, रेश र धम्जामा स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रदान गर्दै आएको, कोरोनाकालमा निःशुल्क एमबुलेन्स सेवा प्रदान गरेको, ६० वर्ष नाघेका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरेको र सबै स्वस्थ्य चौकीमा ल्याब सेवा विस्तार गर्न थालेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले हरेक वडामा स्तरीय सडक, वडामा पुग्नै सबै सडकको डिपिआर, लामाबगर र रेशको एक्लेखेत मोटरेबल पुल ढलान, ८ वटै वडामा गरेर १५९६ मिटर सडक ढलान, १५०० मिटर सडक कालोपत्रे र रशे जाने ५ किलोमिटर सडक कालोपत्रे गर्ने योजनाका साध पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै गाउँपालिकाले महत्वपूर्ण कामका रुपमा लेखानी कादेश जोड्ने झोलुङ्गे पुल निर्माणले आधा घण्टाको यात्रा छोट्टिएको, एक घर एक धारा कार्यक्रम अनुसार पालिका भर ४८२ धारा, २५ खानेपानी ट्याङ्की, ६०० घरलाई खरको छानो मुक्त, सुन्तला पकेट क्षेत्रमा कोल्ड स्टोर निर्माण, धम्जामा आलु भण्डारण गृह निर्माण, तंग्राममा पाहुँना घर निर्माण,रेशमा गाउँपालिका स्तरीय खेल मैदान निर्माण तथा लेखानीमा बौद्ध सतुपा निर्माण गरिएको पालिकाको तथ्याङ्कमा जनाइएको छ ।

कृषि तथा पशुपालन काठेखोला गाउँपालिकाको अर्थतन्त्रको दरिलो आधार रहेकाले कुल जनसंख्याको ७१ प्रतिशत जनसंख्या कृषि तथा पशुपालनमा आबद्ध भएकाले कृषि तथा पशु अनुदानको कार्यक्रम, जिरो कृषि एप कार्यक्रम, कृषिलाई बढवा दिनका लागि गाउँपालिकाको रेश, लेखानी र भिमापोखरामा छ किलोमिटर पक्की कुलो निर्माण, उन्नत जातको भैसी अनुदान, नश्ल सुधार, तरकारी पकेट क्षेत्र र धम्जा र फापर खेतलाई आलु पकेट क्षेत्र, तीन करोड ८७ लाखको कृषि तथा पशु उद्यमशिलता परियोजना लागु, काठेखोला गाउँपालिका–७ रेशमा मुख्यमन्त्री नमूना कृषि गाउँमा चिया खेती, ८ वटै वडामा लघु उद्यम विकास कार्यक्रम, ८० जना नयाँ उद्यमीहरुको विकास, प्रधामन्त्री रोजगार कार्यक्रम अन्र्तगत ३९८ जनालाई अस्थायी रोजागरी दिइएको गाउँपालिकाले जनाएको छ ।

तर गाउँपालिकाले सबै वडा कार्यालय, स्वास्थ्य चौकी निर्माण, विद्यालयमा भौतिक सूधार, पदमार्ग निर्माण गरेपनि जग्गा अभावका कारण गाउँपालिकाले ठूलो प्रयास गरेपनि प्रमुख प्रशासकीय भवन निर्माण गर्न भने सकेको छैन् । गाउँपालिकाले जग्गाको टुङ्गो नलाग्दा पाँच वर्षमा प्रशासकीय भवन निर्माण गर्न नसकिएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *