बलात्कार प्रयास आरोपमा पक्राउ परेका सापकोटा पुर्पक्षका लागि थुनामा

आदर्श अनलाइन, बागलुङ
२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका रमाकान्त सापकोटालाई जिल्ला अदालत बागलुङले थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधिस बासुदेव न्यौपानेको आजको इजालशले सापकोटालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । प्रहरीले बागलुङ नगरपालिका–२ का ४९ वर्षीय सापकोटलाई चैत १५ गते बलात्कार प्रयास आरोपमा पक्राउ गरेको थिए ।

चैत १४ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले सापकोटा विरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएकी थिइन । अनुसन्धान पुरा गरी जिल्ला प्रहरी कार्यालय बागलुङले बैशाख ७ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *