बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष गौतमद्वारा पदबाट राजीनामा

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले पदबाट राजीनामा दिनुभएको छ । गौतमले शुक्रबार नगरपालिकाका प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी मार्फत नगरप्रमुख जनकराज पौडेलललाई अध्यक्षको पदबाट राजीनामा दिएको पत्र बुझाउनु भएको हो ।

नेपाली काँग्रेसले पुनः वडा अध्यक्षको उम्मेदवारमा सिफारिस गरेसँगै गौतमले राजीनामा दिनुभएको हो । गौतम राजीनामा दिने जिल्लामै पहिलो जनप्रतिनिधि हुनुहुन्छ ।

जनताको चाहना अनुसार पार्टीले आफुलाई पुनः उम्मेदवारीको रुपमा सिफारिस गरेको हुँदा पदीय दायित्वबाट राजीनामा दिएका गौतमले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *