जैमिनीका उपमेयर रानाले दिए पदबाट राजीनामा

आदर्श अनलाइन, बागलुङ
जैमिनी नगरपालिकाका उपमेयर लिला रानाले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ । रानाले शुक्रबार सामाजिक सञ्जालमा नगर प्रमुखलाई सम्बोधन गरेर लेखेको राजीमाना पत्र पोस्ट्याउँदै राजीनामा दिएको घोषणा गर्नु भएको छ ।

‘बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर ७ को उप–प्रमुख निर्वाचित जनप्रतिनिधि म लिला रानाले मिती २०७९/०१/०९ गतेदेखि लागु हुने गरि आफ्नो पदबाट राजीखुसीसँग राजीनामा दिएको छु । नियमानुसार मेरो राजीनामा स्वीकृत गरी पाउन सादर अनुरोध गर्दछु ।’ रानाले पोस्ट गरेको राजीनामा पत्रमा लेखिएको छ ।

राना २०७४ सालको स्थानीय तहमा नेकपा एमालेबाट उपमेयर निर्वाचित हुनु भएको थियो । आसन्न निर्वाचनमा मेयरका लागि एमालेले सिफारिस गरेको हुँदा पदबाट राजीनामा दिएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *