ढोरपाटन जाँदै गरेको पिकपजिप दुर्घटना हुँदा चार जना घाइते

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन जाँदै गरेको पिअपजिप दुर्घटनामा परेको छ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ८ सेराबाङदेखि ढोरपाटन जाँदै गरेको ग ३ च ९७८९ नम्बरको पिकअपजिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइते हुनेमा ढोरपाटन–९ की ५० वर्षीया नरमता विक, सोही ठाउँका ३ वर्षीय यविक विक, वडा नम्बर ८ की ६० वर्षीया जैकला विक र ४० वर्षीया लक्ष्मी घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेशकुमार शर्मा अधिकारीले जानकारी दिनुभयो ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उहाँको भनाई छ । चालक ढोरपाटन नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय रेशम सुनार प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *