एमाले बागलुङले प्रदेशमा पठायो पालिकाका आकांक्षी (नामावली सहित)


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङले पालिकाका उम्मेदवारहरुको नाम प्रदेशमा पठाएको छ । सर्वसम्मत भएको पालिकाको नाम र सर्वसम्मत नभएर आकांषी रहेका पालीकाका उममेदवारहरुको नामावली गण्डकी प्रदेशमा पठाइएको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले जानकारी दिनुभयो ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीति पार्टी भित्र निर्वाचन लड्नका आकांक्षीहरु धेरै भएका कारण आकांक्षहिरुको नामावली प्रदेशमा पठाइएको छ । यद्यपी ढोरपाटन, गलकोट, जैमिनी, ताराखोला लगायतको पालिकामा भने सर्वसम्मत भइसकेकाले तयही नामावली प्रदेशमा पठाइएको छ ।

एमाले बागलुङले बागलुङ नगरपालिकाको नगर प्रमुख पदका आकांक्षी एमाले नगर कमिटी अध्यक्ष धनबहादुर परियार, जिल्ला सहसचिव गणेश थापा, जिल्ला सदस्य शिव सापकोटा, एमाले प्रदेश कमिटि सदस्य कुमार खड्का, गीता शर्मा, राम शर्माको नाम गण्डकी प्रदेशमा पठाएको छ । यस्तै बागलुङ नगरपालिकाको उपप्रमुखमा पबित्रा कुमारी रोकाको नाम जिल्ला कमिटीले पठाएको छ ।

यस्तै गलकोट नगरपालिकाको नगर प्रमुख पदमा पुर्ण काउचा र उप–प्रमुखमा रूपा बिश्वकर्मा,ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा वर्तमानमा नगर प्रमुख देव कुमार नेपाली, उप प्रमुखमा करमति पुन र अस्मिता भण्डारी,जैमिनी नगरपालिकाको नगर प्रमुखमा लिला राना र उपप्रमुखमा यमुना देवी शर्माको नाम प्रदेश कमिटीमा पठाएको एमाले बागलुङले जनाएको छ ।

यस्तै एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा बाहलवाला अध्यक्ष अमर बहादुर थापा, डिलबहादुर कार्की, खिमानन्द कंडेल र हुमा कुमारी जिसी (अन्जु) र उपाध्यक्षमा कोपीला पुन सिफरिस गरिएको छ । इस्तै निसीखोला गाउँपालिकाको अध्यक्षमा भुमिराज घर्ती, रूद्र पौडेल र उपाध्यक्षमा रूपा पौडेल र अमरसिंह घर्ती, तमानखोला गाउँपालिकाको अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति बिक र फारम देबी छन्त्याल सिफरिस गरिएको एमाले उपसचिव गणेश थापाले जानकारीद दिनुभयो ।

यस्तै बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदीप थापा मगर, यमकली थापा र पदम गिरी सिफारिस गरिएको छ । यस्तै उपाध्यक्षमा झोम बहादुर थापा, शान्ति भुजेल र दुर्गा कार्की थापा क्षेत्रीको नाम प्रदेश कमिटीमा पठाइको छ । यस्तै बडिगाड गाउँपालिकाको अध्यक्षमा मेयरसिंह पाइजा, शुनिल शेरचन, राजन पाइजा, बिष्णु भुसाल, गुणनिधि घिमिरे, तिर्थमणि भुसाल, यम बहादुर श्रीस र टेकनारायण खरेल तथा उपाध्यक्षमा तुलसा बुढा, मिना रायमाझी, बिना कुमारी थापाको नाम पठाएको हो । दश पालिका मध्ये सबैभन्दा सबैभन्दा बढी महत्वपूर्ण मानिएको बागलुङ नगरपालिकामा एमालेले सिफारिस गरे बाहेकको उम्मेदवार छनौट हुन सक्ने समेत बताइएको छ ।

बागलुङ नगरपालिकाका नगर प्रमुख तथा गण्डकी प्रदेश सदस्य जनकराज पौडेल दोहोरिएर आउने संभावना समेत रहेको छ । एमालेमा समेत आकांक्षीहरु बढी भएकाले उम्मेदवारको टुङ्गो प्रदेशलाई लगाउने जिम्मा दिइएको छ ।

केन्द्रिय निर्देशन अनुसार उम्मेदवार टुङ्गो लगाउन नसकेमा एक महिला सहित दुई जनाको नाम प्रदेशमा पठाउने भनिएपनि आकांक्षीहरुको नाम जिल्लामा काटिदा रुष्ट हुँने भएकाले प्रदेशमा पठाइएको एक नेताले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *