जैमिनीको वडा–वडामा स्वास्थ्य सेवा

डम्मर बुढा मगर, बागलुङ
बागलुङको जैमिनी नगरपालिकाका नागरिक स्वास्थ्य उपचारका लागि बागलुङ, पोखरा काठमाडौँ जानु पर्ने अवस्था थियो । तर स्थानीय सरकार आएपछि वडा–वडामा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र स्थापनापछि नागरिकले आफ्नै गाउँ ठाउँबाट स्वास्थ्य सेवा लिन पाइ रहेका छन् । नगरपालिका स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित र सेवालाई प्रभावकारी बनाउँदै गएको पाईको छ ।

नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदानका लागि नगरपालिकाले सबै टोलमा आधारभुत स्वास्थ्य सेवा समेत विस्तार गरेको छ । नगरका केही टोलमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर नगरले सर्वसाधारणको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पु¥याएउँन थालेको नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका नागरिकका लागि स्वास्थ्य सेवा प्रदान गर्ने गरी एकै पटक दुई वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको सबैभन्दा ठुलो वडा नम्बर ८ छिस्तीको मर्नास र अन्य विभिन्न वडाहरुमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।

वडा नम्बर १० र डाँडाखानीमा पनि स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको पौडेलले बताउनुभयो । शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै नगरका सबै गाउँका लागि आधारभूत तहको स्वास्थ्य सेवा घरदैलोमा पुगेको नगरप्रमुख पौडेलले दाबी गर्नुभयो । उहाँले नागरिकले सामान्य उपचारका लागि टाढा पुगेर उपचार गर्नु पर्ने अवस्थाको अन्य गर्नका लागि आफूहरु लागि परेको बताउनुहुन्छ ।

‘हाम्रो पालिकाका वडाहरु छरिएका छन्, छरिएका वडाहरु हुँदा सबै ठाउँमा सहज सेवा पुग्न सकेको छैन त्यसले गर्दा कम्तिमा पनि नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरि स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सुरुवात गरेका छौँ,’ नगर प्रमुख पौडेलले भन्नुभयो ‘यसले नागरिकलाई केही हदसम्म भए पनि सहजता प्रदान गरेको छ, यसलाई थप व्यवस्थित गरि लैजाने योजनामा छौँ ।’

जैमिनी नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, आठ वटा स्वास्थ्य चौकी र चार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । सामान्य उपचारका लागि नागरिकले टाढा पुग्नु पर्ने बाध्यता हटाउनका लागि शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको जैमिनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत गोविन्दप्रसाद शर्मा आचार्यले बताउनुभयो । ‘एक घण्टाभन्दा टाढाबाट प्राथमिक स्वास्थ्य सेवाका लागि पुग्नुपर्ने ठाउँहरुमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएका हौं, नागरिकहरुले यसबाट सेवा लिइ रहनु भएको छ’ आचार्यले भन्नुभयो‘अब कोही पनि सामान्य उपचारको लागि टाढा टाढा पुग्नुपर्ने बाध्यता छैन्, यी केन्द्रहरुमा सेवालाई थप विस्तार गर्ने योजनामा हामी छौँ ।’

एक अहेब र एक अनमीले सेवा दिने गरी सञ्चालन भएका स्वास्थ्य केन्द्रहरुबाट स्वास्थ्य चौकीमा प्राप्त हुने सबै औषधि उपचार प्रदान गरिने आचार्यले बताउनुभयो । स्वास्थ्य केन्द्रबाटै स्वास्थ्य चौकीको सेवा प्राप्त गर्न सक्ने भएपछि स्वास्थ्य चौकी पुग्नु पर्ने अवस्था हटेको उहाँको भनाई छ । ‘स्वास्थ्य केन्द्रहरुमा प्रयोगशाला पनि विस्तार हुन्छ, पहिले कर्मचारीको व्यवस्थापन गरेर मात्रै हामी सेवा विस्तारमा लाग्छौं’ आचार्यले भन्नुभयोे ‘नगरपालिका र केन्द्र सरकारसँग सहकार्य गरेर गर्ने योजना बनाएका छौँ ।’

आचार्यले रहेक वडाहरुमा वर्थिङ सेन्टर समेत व्यवस्थापन गरि रहेको भन्दै होम डेलिभरीलाई पनि कम गर्दै गइरहेको बताउनुभयो । पहिला मोहडेलिभरी व्यापक भएकोमा अहिले धेरै कम भएको उहाँको भनाई छ । उहाँले अहिले धेरैको मानसिकतामा प्रसुतिका लागि स्वास्थ्य संस्थामै पुग्नु पर्छ भन्ने भएको बताउनुभयो ।

नगरप्रमुख इन्द्रराज पौडेलले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको हुँदा यस क्षेत्रको विकासका लागि आफूहरु निर्वाचित भएर आएदेखि निरन्तर लागि रहेको बताउनुभयो । अहिले जैमिनीको स्वास्थ्य क्षेत्रमा उल्लेख्य विकास भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *