काठेखोलामा दुई मोटरेवल पुलको काम धमाधम

रोहन जि सी, बागलुङ
गण्डकी प्रदेश सरकारको योजना अन्र्तगत बागलुङको काठेखोला गाँउपालिका वडा नम्बर ६ बिँहु र वडा नम्बर ७ रेशको सिमानामा रहेको एक्लेखेतमा मोटरेवल पुल निर्माण भईरहेको छ ।

पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५ करोड २७ लाख बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखरा र पूर्वाधार विकास कार्यालय बागलुङको साझेदारीमा २५ मिटर लामो मोटरेवल पुल निर्माण हुन लागेको हो ।

५ करोडभन्दा बढि लागत अनुमान गरिएको निर्माण कार्यका लागि निलगिरी नेशनल जे भीले निर्माणको जिम्मा लिएको छ । २०७६ सालमा ठेक्का सम्झौताभएको पुल २०७९ माघसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको काठेखोला गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

कोरोना माहामारी, बर्खाका कारण निर्माणको काममा अवरोध भएको थियो । अब निर्माण कार्यले तीव्रता लिने र आँउदो बर्खाको लागिपुलमा गाडि चलाउने व्यवस्था मिलाईने निर्माण कम्पनीका प्रतिनिधि तथा निर्माण व्यवसायी सुनिल सिंह खत्रीले बताउनुभयो ।

रेश र बिँहु जोड्ने पुलले दुवै वडा मात्र नभएर गाँउपालिकाको सबै जनता सहजा प्रदान गर्ने छ । यो निर्माण कम्पनीले गाँउपालिकामा दुई मोटरेवलपुलको निर्माण गर्दै आएको छ । वडा नम्बर ४ तंग्राम र एक्लेखेतको पुल बनाउँदै गरेको काठेखोला गाँउपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो । तंग्राममा निर्माणधिन पुल ३० मिटर रहेको र उक्त पुलमा ३ करोड ३१ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै पुलको ९५ प्रतिशत कार्य सम्पन्न भएको र २०७९ वैशाखको अन्तिमसम्म कार्यलाई पूर्ण रुपमा सम्पन्न गरि हस्तान्तरण हुने अध्यक्ष थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *