बागलुङमा समन्वय समिति देखि वडा तहसम्मै गठबन्धन (वडा सहित)


खेमराज गौतम, बागलुङ

बागलुङमा पाँच दलीग गठबन्धन मिलेर जाने मध्यरातमा सहमती भएको छ । लामो समयको छलफल र कसरत पछि गठबन्धनको भागवण्डा टुङ्गाएको छ । स्थानीयतह देखि जिल्ला समन्वय समिति सम्म दलहरुले भागवण्डा मिलाएका छन् । लगातार ४ दिनसम्म भएको छलफलबाट जिल्ला समन्वय प्रमुख राष्ट्रिय जनमोर्चा, उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई दिने सहमति समेत भएको छ ।

बागलुङका ४ नगरपालिका मध्ये बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख नेपाली कांग्रेस, जैमिनी नगरपालिकामा प्रमुख राजमो र ढोरपाटन नगरपालिकाको प्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।

यस्तै ६ गाउँपालिका मध्ये काठेखोला, बडीगाड, निसी र तमानखोलाको अध्यक्ष नेपाली कांग्रेस, ताराखोलाको अध्यक्ष माओवादी केन्द्र र बरेङको अध्यक्ष राजमोले पाउने सहमति भएको छ ।

गठबन्धनले उपप्रमुख तथा उपाध्यक्ष बागलुङ नगरपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिकामा माओवादी केन्द्र, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाकामा राष्ट्रिय जनमोर्चा, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा नेपाली कांग्रेस र तमानखोला नेकपा एकीकृत समाजवादीले पाउने भएका छन् ।

यस्तो छ वडाको भागवण्डा
बागलुङ नगरपालिकाको वडा नम्बर १,३,६,७,८,९,११,१३,१४ कांग्रेसलाई, नेकपा एसलाइ वडा नम्बर २,५,१० र माओवादी केन्द्रलाई ४ नम्बर वडा र राजमोलाई १२ नम्बर वडाको वडा अध्यक्ष दिने सहमती भएको छ ।

यस्तै जैमिनी नगरपालिकामा वडा नम्बर ९ र १० जनमोर्चालाई, वडा नम्बर ३ र ६ वडाको वडा अध्यक्ष माओवादी केन्द्रलाइ र वडा नम्बर १,२,५,७ र ८ नेपाली काँग्रेसको भागमा परेको छ ।

त्यस्तै काठेखोला गाउँपालिकाको वडा नम्बर १,२,५,६ र ८ नेपाली कांग्रेसलाई, वडा नम्बर ३ नेकपा एसलाई र वडा नम्बर ४ राजमोलाई र वडा नब्बर ७ माओवादी केन्द्रलाई परेको छ । त्यस्तै बरेङ गाउँपालिकाको वडा नम्बर १ र २ राजमोलाई ४ नम्बर वडा माओवादी केन्द्रलाई र ५ नम्बर वडा नेपाली काँग्रेसलाई परेको छ ।

गस्तै गलकोट नगरपालिकाको वडा नम्बर २,३,४,५,८,९ नेपाली कांग्रेसलाई, वडा नम्बर १ र ११ राजमोलाई र वठा नम्बर ६ र ७ माओवादी केन्द्रलाई परेको छ । यस्तै ढोरपाटन नगरपालिकाको वडा नम्बर २,३,४ र ७ राजमोलाई, वडा नम्बर १ र ६ वडा अध्यक्ष नेपाली कांग्रेसलाई र वडा नम्बर ५ र ८ माओवादी केद्रलाई र वडा अध्यक्ष वडा नम्बर ९ मा नेकपा एसलाई वडा अध्यक्षको उम्मेदवार उठाउने सहमती भएको छ ।

यस्तै ताराखोला गाउँपालिकाका पाँच वटै वडा माओवादी केन्द्रको भागमा परेको छ । वडिगाड गाउँपालिकामा नेपाली कांग्रेसलाई वडा नम्बर २,३,५,६,७ र ९, राजमोलाई वडा नम्बर १ र ८ र माओवादी केन्द्रलाई वडा नम्बर ४ र १० नम्बर वडा भागमा परेको छ ।

यस्तै निसीखोलाको वडा नम्बर १, २ र ४ मा माओवादी केन्द्र, वडा नम्बर ३, ५ र ६ मा नेपाली कांग्रेसलाई दिने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *