जैमिनीको उपमेयरमा एमाले प्रवेश गरेकी पौडेलको उम्मेदवारी


आदर्श अनलाइन,बागलुङ

नेपाली कांग्रेसका नेतृ तथा नेपाल महिला संघ जिल्ला कमिटि बागलुङकी सचिव उषा पौडेलले नेकपा एमालेको तर्फबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उमेद्वारी दर्ता गराउनुभएको छ ।

उषा पौडेल सोमबार नै एमाले प्रबेश गरेर पार्टीको तर्फबाट उमेद्वारी दर्ता गराएको एमाले जैमिनी नगर कमिटिका अध्यक्ष बद्री ढुंगानाले पुष्टी गर्नुभयो । ‘एमालेले अर्कैलाई टिकट दिएको थियो उप मेयमार, हामीले उहाँ आउने भनेपनी टिकट उहाँलाई नै दिएर उम्मेदवारी दर्ता गराउका हौं’ ढुङ्गानाले भन्नुभयो ।

सत्ता गठबन्धनले जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चालाई प्रमुख र नेपाली कांग्रेसलाई उपप्रमुख भागवण्डा लगाएपछि उम्मेदवारको चर्चामा रहनुभएको पौडेल रुष्ट हुनुभएको थियो । गठबन्धनले उप प्रमुखमा पार्टी सचिव हरिहर शर्मालाई उमेद्वार बनाउने निर्णयपछि पौडेल एमाले प्रबेश गर्नुभएको हो ।
पौडेल प्रवेश गरेपछि एमालेले उपप्रमुखको टिकट पाएकी एमुना शर्माको टिकट खोसेर पौडेललाई दिइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *