गठबन्धन विपरित नेकपा एसबाट बानपाको उपमेयरमा आचार्यको उम्मेदवारी


आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले गठबन्धको निर्णय विपरित बागलुङ नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दर्ता गरेको छ । गठबन्धको निर्णय अनुसार नेकपा एसलाई तमानखोलाको उपाध्यक्ष र जिल्ला समन्वय समितिको उपप्रमुख दिने निर्णय भएको थियो ।

तर नेकपा एसले मागिरहेको पद बागलुङ नगरपालिकाको उपमेयर नपाएपछि गठबन्धनको निर्णय विपरित समाजवादीका नेता जीवन आचार्यले उपमेयर पदमा उम्मेदवारी दिनुभएको छ ।

नेकपा एसका जिल्ला अध्यक्ष लाल बहादुर थापाले पार्टीको निर्णय अनुसारनै उपमेयरमा उम्मेदवारी दर्ता गरेको बताउनुभयो । ‘जे हुन्छ पार्टीको निर्णय अनुसार हुन्छ, पार्टीको निर्णय अनुसार दर्ता ग¥यौ, यस विषयमा केन्द्रिय तहमा छलफल भइरहेको छ, केही निर्णय गर्ला, त्यो निर्णय हामी मान्न तयार छौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *