बडिगाड गाउँपालिकाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ
बडिगाड गाउँपालिकाको अध्यक्षको लागि ५ जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी गण्डकी थापा अधिकारी, नेकपा एमालेबाट राजन कुमार पाइजा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन प्रसाद घर्ती, मंगोल नेशनल अर्गनाइजेसनबाट चुरा बहादुर घर्ती र स्वतन्त्रबाट राष्ट्रिय जनमोर्चाका अनिल गिरीको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका भिमसेन वन, नेकपा एमालेबाट मिन कुमारी माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिल कुमारी क्षेत्री र स्वतन्त्रबाट यामेन्द्र कुमार घर्तीको उम्मेदवारी दिनु भएको छ । वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेको तर्फवाट दिनेश थापा र गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका बोम बहादुर थापाले उमेदवारी दिनुभएको छ । वडा नम्बर २ मा नेकपा एमालेको तर्फबाट ढाल प्रसाद शेरचन, गठबन्धनका तर्फबाट नेपाली काग्रेसका डिल बहादुर राना र मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट विजय श्रीसले उम्मेदवारी दिनुभएको छ ।

वडा नम्बर ३ मा नेकपा एमालेको तर्फबाट खड्क बहादुर पुन, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका लोकेन्द्र बहादुर घर्ती र स्वतन्त्र उमेदवारको रुपमा लोक बहादुर घर्तीले उमेदवारी दिनुभएको छ । वडा नम्बर ४ मा नेकपा एमालेको तर्फबाट प्रेम गलामी र गठबन्धनका तर्फबाट नेकपा माआवादी केन्द्रका मिलन रेश्मी, वडा नम्बर ५ मा नेकपा एमालेको तर्फबाट विष्णु प्रसाद आचार्य, र गठबन्धनका तर्फबाट नेपाली काग्रेसका रमेश बहादुर घिमिरे, राप्रपाको तर्फवाट शंकर खरेल, मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट ससिराम पेमी र स्वतन्त्र उमेदवारको रुपमा ध्रुब बहादुर घिमिरेले उम्मेदवारी दिनुभएको छ ।

वडा नम्बर ६ मा नेकपा एमालेको तर्फबाट नर बहादुर क्षेत्री र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विर बहादुर खत्री, वडा नम्बर ७ मा नेकपा एमालेको तर्फबाट गंगा बहादुर गुरुङ र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिपेन्द्र प्रताप केसी, वडा नम्बर ८ मा नेकपा एमालेको तर्फबाट यम बहादुर श्रीस थापा र गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका जंग बहादुर बलाल थापाले उम्मेदवारी दिनुभएको छ ।

वडा नम्बर ९ मा नेकपा एमालेको तर्फबाट पान बहादुर केसी, गठबन्धनका तर्फबाट नेपाली काग्रेसका कृष्ण बहादुर केसी, राप्रपाको तर्फबाट राजेन्द्र बहादुर क्षेत्री र स्वतन्त्र उमेदवारको रुपमा मुक्त बहादुर श्रीसले उमेदवारी दिनुभएको छ ।

वडा नम्बर १० बाट नेकपा एमालेको तर्फबाट पुठासिंह बुढाथोकी, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका बिरेन्द्र कुमार बुढा र राप्रपाको तर्फबाट धन बहादुर बुढाले उमेदवारी दिनुभएको छ । खुल्ला महिला सदस्यमा सबै वडावाट गरि २१ जना, दलित महिला सदस्यमा २१ जना, खुल्ला सदस्यमा ४५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *