ढोरपाटन नगरपालिकाको प्रमुखमा १० जनाको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिकाको प्रमुखको रुपमा १० जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्याल, नेकपा एमालेको तर्फदेखि देवकुमार नेपाली, मंगोल नेशनल अर्गनाइजेशनबाट गोवरधन घर्ती मगर, जनता समाजवादी पार्टीबाट गंगा बहादुर घर्ती मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निम बहादुर भण्डारी, स्वतन्त्रबाट नेपाली काँग्रेसका जिल्ला सदस्य शैलेस घर्ती मगर, टेक प्रसाद कामी, दल बहादुर भण्डारी, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत लालसिंह थापाले जानकारी दिनुभयो ।

उप प्रमुखमा ५ जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट ताराकुमारी पुन, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गठबन्धनबाट धनबहादुर कायत, मंगोलनेशनल अर्गनाइजेशनबाट पार्वत पुन मगर, स्वतन्त्र रुपमा दिलकुमारी क्षेत्री र दिलमाया पौवी उम्मेदवारी दिएको थापाको भनाई छ । यस नगरपालिकामा विभिन्न पदका लागि १६८ जनाको उम्मेदवारी परेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *