काठेखोलमा कार्की र थापाबीच प्रतिस्प्रधा


आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिकाको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । पालिकाको अध्यक्षमा एमालेबाट डिल बहादुर कार्की, गठबन्धको तर्फबाट नेपाली कांग्रेसका राजु थापा र नेपाल दलित पार्टीबाट गंगा बहादुर बिकले उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्यतया प्रतिस्प्रधा एमालेका उम्मेदवार कार्की र गठबन्धको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु थापाको हुँने देखिन्छ । यस अघि नेकपा एमालेका उम्मेदवार अम्मर हादुर थापाले कांग्रेसका उम्मेदवार होम बहादुर हमाललाई हराएर गाउँपालिका अध्यक्ष बन्नुभएको थियो । काठेखोलामा अम्मर थापालाईनै दोहो¥याउन तयारी भएपनि अनितममा डिल बहादुर कार्कीले टिकट पाउनुभएको छ । काठेखोला एमालेको राम्रो मत भएको पालिका हो । कांग्रेसका उम्मेदवारलाई राष्ट्रिय जनमोर्चा र माओवादीको सर्मथन छ ।

यस्तै उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट उपाध्यक्ष पदमा कोपिला कुमारी पुन, चित्र बहादुर कार्की स्वतन्त्र, गठबन्धबाट राष्ट्रिय जनमोर्चाका तेज बहादुर थापा र स्वतन्त्रबाट मिलन थापा थापाले उम्मेदवारी दर्ता गरेको काठेखोला गाउँपालिका स्थित निर्वाचन अधिकृत हर्कब हादुर क्षेत्रीले जानकारी दिनुभयो । यस्तै काठेखोला गाउँपालिकामा ८ जना वडा अध्यक्षको पदका लागि 21 जनाको उम्मेदवारी परेको छ । गठबन्धबाट अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष राष्ट्रिय जनमोर्चालाई परेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *