काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार थापा विरुद्ध उजुरी दर्ता

आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गठबन्धन तर्फ नेपाली कांग्रेसका राजु थापा बिरुद्ध काठेखोला गाउँपालिकाको निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ ।

काठेखोला गाउँपालिका अध्यक्षका नेकपा एमाले तर्फका उम्मेदवार डिल बहादुर कार्कीले अर्का उम्मेदवार राजु थापा विरुद्ध उजुरी दर्ता गर्नुभएको निर्वाचन अधिकृत हर्क बहादुर क्षत्रीले जानकारी दिनुभयो ।

‘जुन पदमा उठेको छ, सोही पदका प्रत्यासीले मात्रै उजुरी दिने कानूनी व्यवस्था अनुसार अध्यक्षका उम्मेदवार थापा बिरुद्ध उजुरी परेको हो’ क्षत्रीले भन्नुभयो ‘बेल्जियमको पिआर भएको जानकारी अनुसार उजुरी परेको हो, १६ गते प्रमाण सहित बोलाएका छौं, प्रमाणका आधारमा त्यही दिनमै निर्णय हुन्छ ।’

बेल्जियमको नागरिकता भएको र उहाँ गैरआवसीय भएका कारण उजुरी परेको स्रोतले जनाएको छ । यस्तै काठेखोला ३ को महिला सदस्य विरुद्ध पनी उजुरी परेको छ । वडा नम्बर ३ को महिला सदस्य पदका उम्मेदवार नेकपा एसको देउरुपा खड्का स्वास्थ्य स्वयंसेविका भएको र राजिनामा नदिई उम्मेदवारी दर्ता गराएका कारण सोही वडाका नेकपा एमालेका महिला सदस्य पदका उम्मेदवार टुल्की देवि खड्काकले उजुरी दर्ता गराउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *