बागलुङमा ४४५ पदका लागि १२१० जनाको उम्मेदवारी

डम्मर बुढा मगर, बागलुङ
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङमा आवश्यक पदभन्दा झण्डै तीन गुण बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि जिल्लाको १० वटै स्थानीय तहमा आइतबार र सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार जिल्ला भर जम्मा २२ जनाले र सोमबार ११८८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई दिनसम्म भएको मनोनयन दर्तामा विभिन्न पदमा १२१० जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा ८५ वडा रहेका छन् । जहाँ अध्यक्ष/प्रमुख १०, उप्रमुख १०, वडा अध्यक्ष ८५, १७० खुल्ला सदस्य, ८५ महिला सदस्य र ८५ दलित महिला सदस्य गरि ४४५ जना आवश्यक पर्छ तर विभिन्न पदमा १२१० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लाको बागलुङ नगरपालिका ९, जैमिनी नगरपालिका ६, ढोरपाटन नगरपालिका १०, गलकोट नगरपालिका ६, बरेङ गाउँपालिका ३, काठेखोला गाउँपालिका ३, बडिगाड गाउँपालिका ५, ताराखोला गाउँपालिका ४, तमानखोला गाउँपालिका ५ र निसीखोला गाउँपालिकामा ४ जनाले प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उपप्रमुख÷उपाध्यक्षमा बागलुङ नगरपालिका ६, जैमिनी नगरपालिका ५, ढोरपाटन नगरपालिका ५, गलकोट नगरपालिका ३, बरेङ गाउँपालिका ५, काठेखोला गाउँपालिका ४, बडिगाड गाउँपालिका ४, ताराखोला गाउँपालिका २, तमानखोला गाउँपालिका ४ र निसीखोला गाउँपालिकामा ४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिका ४२, जैमिनी नगरपालिका ३८, ढोरपाटन नगरपालिका ३९, गलकोट नगरपालिका २८, बरेङ गाउँपालिका १३, काठेखोला गाउँपालिका २१, बडिगाड गाउँपालिका २८, ताराखोला गाउँपालिका १५, तमानखोला गाउँपालिका १७ र निसीखोला गाउँपालिकामा ३१ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

जिल्लाभर प्रमुख/अध्यक्षमा ५५ जना, उपप्रमुख/उपाध्यक्षमा ४२ जनाको उम्मेदवारी परेको छ । १० वटै पालिकाको ८५ वटा वडामा २७२ जनाले वडा अध्यक्षमा उम्मेदवार दिएका छन् । त्यस्तै १७० खुल्ला सदस्यका लागि ४४० जना, ८५ महिला सदस्यका लागि २०८ जनाले उम्मेदवारी दिएका छन् । ८५ दलित महिला सदस्यका लागि १८८ जनाले उम्मेदवारी दिएका बताइएको छ ।

१० वटै पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा धेरैले स्वतन्त्र मम्मेदवार समेत दिएका छन् । १६ गते उम्मेदवारी फिर्ता लिने समय छ । यस अवधीमा केहीले उम्मेदवारी फिर्ता लिने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *