कार्कीले पुर्याउन सकेनन् प्रमाण,थापा विरुद्धको उजुरी बदर

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाको अध्यक्षका उम्मेदवार राजु थापा विरुद्ध परेको उजुरी खारेज भएको छ । अध्यक्षका अर्का उम्मेदवार डिलबहादुर कार्कीले थापा विरुद्ध दिएको उजुरीको प्रमाण नपुगेको भन्दै निर्वाचन कार्यालयले उजुरी खारेज गरि दिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले बिहिबार आरोप पुष्टि गर्ने प्रमाण ल्याउन आदेश दिएको थियो तर उजुरी कर्ताले प्रमाण पेस गर्न नसकेपछि उजुरी खारेज भएको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उजुरी कर्ता कार्कीले गत १३ गते थापा विरुद्ध बेल्जियमको स्थायी वासिन्दा (पीआर) लिई बसेकोले विदेशी, गैरनेपाली नागरिक उम्मेदवार बन्न नमिल्ने भएको भन्दै उम्मेदवारी बदर पाउँ भनि उजुरी दर्ता गराउनु भएको थियो । थापा र कार्कीले बैशाख १२ गतेदे उम्मेदवारी दर्ता गराएका थिए ।

थापा पाँच दलीय गठबन्धको तर्फबाट उम्मेदवार हुनुहुन्छ भने कार्की नेकपा एमालेबाट हुनुहुन्छ । निर्वाचन अधिकृतको कार्यालयले बिहिबार दुबै जनालाई पुष्टि हुने प्रमाण ल्याउन भनेको थियो । थापाले आफू लामो समय बेल्जियममा बसेर आए पनि स्थायी वासिन्दा नभएको प्रमाण ल्याएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *