भोट माग्न गाउँ पसे राजनैतिक दल

आदर्श अनलाइन, बागलुङ

मनोनयन दर्ताका लागि पालिको केन्द्रमा केन्द्रित भएका राजनैतिकदलहरु चुनवा प्रचार प्रसारका लागि पुन गाउँ छिरेका छन् । निर्वाचनको मिति तोकेपछि निर्वाचनको गतिविधि गर्दै आएका बागलुङका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाले मनोनयनपछि घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

नेकपा एमाले काठेखोला गाउँपालिकाले मनोनयन दर्ताको पर्सीपल्ट देखिनै चुनवी सभाको आयोजना थाल्यो । एमाले गाउँपालिकामा १४ गते देखि २५ गते सम्म धम्जा बाट शुरु गरेको चुनावी अभियान लेखानीमा गएर टुङ्गाउने भएको छ ।

१४ गते देखि २५ गते सम्म काठेखोलाका ८ वटै वडामा घरदैलो, भेटघाट र आमसभा गर्ने पालिका कमिटिको निर्णय अनुसार प्रचार प्रसारमा हिडेको काठेखोला गाउँपालिकामा नेकपा एमालेकाका उम्मेदवार डिल बहादुर कार्कीले बताउनुभयो ।

यस्तै नेपाली कांग्रेस बागलुङ नगरपालिकाले २ नम्बर वडाबाट चुनावी अभियान शुरु गरेको छ । १७ गतेबाट गाउँमा चुनावी अभियान लिएर जाने र अहिले सामान्य भेटघाटको कार्यक्रम शुरु गरिसेको बागलुङ नगरपालिकाका नगर प्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पाँच दलीय गठबन्धनले यस अघि छुट्टा छुट्टै चुनावी अभियान गरेपनि मनोनयन दर्तापछि पुन गठबन्धलेनै चुनव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । गठबन्धनले बागलुङ नगरपालिका र वडा वडामा एकमुष्ट सम्पर्क कार्यालय स्थापना गरेको छ ।

“पहिला गठबन्धको बागी उम्मेदवारी फिर्ता गराउने अभियानमा छौं, गठबन्धले सबै पालिकामा संयन्त्र गठन गरेको छ, १६ गते साँझ पाँच बजे सम्म सबै बागी उम्मेदवारुहरुले उम्मेदवारी फिर्ता गर्नुहुन्छ” शेरचनले भन्नुभयो “हामीले अब संयुक्तरुपमानै प्रचार प्रसारका लागि कार्यालय स्थापनामा समेत छौं, संगै प्रचार गर्नेछौं, अब गठबन्ध चुनावी प्रचारका लागि गाउँ केन्द्रित भएको छ ।” शेरचनले भन्नुभयो “पालिका अनुसार प्रचारका गतिविधिहरु फरक फरक शैलीमा गर्न सक्नेछन्, पालिकाको निर्णय अनुसारनै प्रचार प्रसारका गतिविधि अगाडी बढ्नेछन् ।”

यस्तै एमालेले चुनाव प्रचार प्रसारलाई गाउँ केन्द्रित बनाएको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चनद्र प्रकाश शर्माले बताउनुभयो । उहाँले पालिका कमिटिको निर्णय अनुसार चुुनावी प्रचारका लागि उम्मेदवार गाउँ पस्न थालेको बताउनुभयो ।

“उम्मेदवारी फिर्ता पछि प्रचारलाई तिब्रता दिइन्छ, बुधबारबाटै काठेखोलाले प्रचार प्रसारका लागि वडा अनुसार अगाडी बढेको छ, केही स्वतन्त्र र बागी उम्मेदवार मिलाउन बाँकी पालिकामा १७ गतेपछि प्रचार प्रसारको काम अगाडी बढ्नेछ” शर्माले भन्नुभयो “अहिले एमाले घरदैले संगै नयाँ प्रविधिको प्रयोग अनुसार फेसबुक, टिकटक लगायतका सञ्जालबाट समेत प्रचारलाई तिब्रता दिएको छ ।

विभिन्न राजनैतिकदलहरुले आफूले जितेका पालिकामा गरेका काम र अधुरा कामहरुको विवरण तयार पारिरहेका छन् । बागलुङमा अधिकांश पालिका प्रमुख बन्न राजिानमा दिएर दोहोेरिएकाले आफ्ना अधुरा काम पुरा गर्नका लागि आफ्नो पक्षमा मत प्रयोग गर्न आग्रह गरेका छन् ।

बागलुङको जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड, काठेखोला गाउँपालिका र ताराखोलाको प्रमुखमा मात्रै नयाँ अनुहार प्रतिस्प्रधामा छन् । तर बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको प्रमुखमा पालिका प्रमुखहरुले राजिनामा दिएर पुन दोहो¥याउन गठबन्धन र एमालेबाट उम्मेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *