भकुण्डे र बौरलाई जोडेर नयाँ पर्यटकीय गन्तव्य : बनाइँदै विदेशी पर्यटकको आकर्षक केन्द्र

आदर्श अनलाइन, बागलुङ

पदमार्ग हुँदै ग्रामिण रहन सहन र सस्कृति अध्ययन गर्नका लागि विश्व भेगन अर्गनाइजेशनले बागलुङलाई केन्द्रमा राखेर पर्यटनको विकास गर्न थालेको छ । जस्का लागि बागलुङ बजार, भकुण्डै हुँदै रेहको बौरका लागि छ दिनको पदमार्ग पहिचान गरेको छ । पदमार्गमार्फत पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकन गर्न रुचाउने विदेशी पर्यटकहरुलाई ल्याउनका लागि नयाँ पदमार्गको पहिचान गरी पर्यटनको विकास गर्न थालिएको छ ।

पशु तथा पशु जन्य पदार्थ सेवन र प्रयोग दुबै नगर्ने विश्व भेगन समूहले नयाँ पदमार्गको अध्ययन संगै विदेशी पर्यटकलाई यहाँको ग्रामिण जीनशैली र रहनसहन, सस्कृति र विशुद्ध शाहाकारी जीवनशैलीमा रमाउनका लागि बागलुङलाई रोजेको पाइएको छ । दुई वर्ष अघिदेखि बागलुङ आउन थालेका भेगन समूहका विदेशी पर्यटकहरु कोरोनाका कारण रोकिएका थिए ।

बागलुङ बजार बसेर कालिका मन्दिर दर्शन संगै अर्कौ दिन बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा पुगेर घरबासमा बसेका पर्यटकहरुले यहाँको संभावना संगै यहाँको बसाई लम्याउनका लागि काठेखोला गाउँपालिकाको रेश सम्म आफ्नो पदमार्ग र बसाई लम्याउने गरी अध्ययन गरेको विश्वक भेगन अर्गनाइजेशन नेपालका अध्यक्ष सुरेश शर्माले जानकारी दिनुभयो । दुई दिनको बसाई छ दिन पु¥याउनका लागि पदमार्ग र बौरलाई भकुण्डे संग जोडेको बताउनुभयो ।

“पशु तथा पशु जन्य पदार्थको प्रयोग नगर्ने विश्वप्यापी सञ्जालमा जोडिएका पर्यटकहरुलाई बागलुङमा ल्याउनेगरी पदमार्गको अध्ययन तीन वर्ष अधिनै भइसकेको थियो, भुकण्डे बगालुङबाट यातयात र पदमार्गमार्फत दुबै तरिकाले जान सक्ने छौं” शर्माले भन्नुभयो “भकुण्डे सम्मको यात्रा भेगनका दुई समूहले गरिसकेको र अत्यन्तै रमाइलो र आकर्षक क्षेत्रका रुपमा यसलाई ल्याएकाले हामीले पदमार्गलाई लामो बनाएर रेशको बौर सम्मपु¥याएका छौं, अब बागलुङ बजारदेखि बौर पुगेर बागलुङ आउदा विदेशी पर्यटकले छ दिन विताउन सक्ने हाम्रो निश्कर्ष हो ।”

बागलुङ घर भई लामो समय देखि पर्यटन व्यवसायमा आवद्ध महादेव शर्माको पहलमा भेगन समूहमा आवद्ध विदेशी पर्यटकहरुलाई पहिलोपटक सन् २०१९ मा बागलुङ बजार हुँदै भुकुण्डे पु¥याइएको थियो । यसको संभावनाका विषयमा विश्वभर चर्चा भइसकेको र पुन भेगनका विदेशी पर्यटक यहाँ आउन रुचाइएका कारण पदमार्ग संगै विदेशी पर्यटकहरुको बसाई लम्माउन, बागलुङ बजार, भुकण्डे देखि बौर सम्मको पदमार्ग कायम गरिएको पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिनुभयो ।

“बागलुङ बजार एक रात बसेर कालिका मन्दिर दर्शन गर्ने पर्यटकहरु दुईरात पदमार्ग मार्फत पुगेर भकुण्डेमा बस्ने, हिमालहरु अवलोकन गर्ने, त्याहाको हावापानी, रहनसहन, कला सस्कृतिको अध्ययन गर्ने र पुन पदमार्ग मार्फत काठेखोलाको रेश स्थित बौरमा पुगेर दुई दिने बस्ने गरी कार्ययोजना बनाएका छौ” महादेशव शर्माले भन्नुभयो “यो पर्यटकीय पदमार्ग र बस्ने घरबास छनौट र अध्ययनमा विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक आफै बागलुङ आउनुभएको छ, ज्याकले चार÷पाँच पटक पर्यटकहरुको समूह ल्याइसकेपछि आफै यो पदमार्गमा विदेशी पर्यटक ल्याउने योजना बनाउनुभएको छ ।”

पदमार्ग मार्फत गाउँले परिवेश बुझ्दै यात्रा गर्ने विदशी पर्यटकका लागि बागलुङ बजार देखि भकुण्डे हुँदै बौर सम्मको यात्रा निकै स्मरणीय हुँने विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याकले बताउनुभयो । ज्याकका अनुसार पटक–पटकको अध्ययनपछि यहाँ पर्यटकीय संभावना बुझेर मात्रै विदेशी पर्यटक ल्याउन थालिएको हो । आगमी नोभेम्बरबाट पुन यो पदमार्गमा विदेशी पर्यटक ल्याइने छ । जस्ले विश्वमा चर्चापाएपछि पर्यटकहरु आफै आउने ज्याकको अपेक्षा रहेको छ । खासगरी विशुद्ध शाहाकारी पर्यटकहरुले यसलाई ‘भेगन पदमार्ग’का रुपमा विकास गर्ने योजनाका साथ बागलुङलाई रोजेको पर्यटन व्यवसायीहरु बताउछन् ।

उनिहरुले घरबासमा भेगन समूह आउदा पशु तथा पशुजन्य उत्पादन प्रयोग नगरी खानालाई विशुद्ध शाहाकारी संगै स्वादिष्ट र अर्गानिक बनाउने विषयमा समेत घरबासका सञ्चालकलाई तालिम दिइसकेको बताएका छन् । शुरुमा दुई रात विताउनेगरी विदेशी पर्यटकहरु आएकोमा आगमी दिनमा छ रात विताउनेगरी बागलुङ बजार, भुकुण्डे हुँदै बौर सम्मको पदमार्ग पहिचान गरी विकास गरिएको छ ।

यस क्षेत्रमा चिसो हावापानी र अर्गानिक सागपात, फलफूल तथा गेडागुडी उत्पादन हुँनेभएकाले भेगनले यस क्षेत्रलाई रोजेका हुन् । विषादी रहित उत्पादन र छोटो यात्रामै विभिन्न हावापानी, हिमऋङ्खला अवलोकन, ग्रामिण जिवनशैली र सस्कृति अध्ययन गर्न पाइने भएकाले यहाँकोपदमार्ग मुख्य आकर्षण बनेको हो । पहिलो सामुदायिक घरबासको रुपमा सञ्चालनमा आएको भकुण्डे र निकै रमणीय रहेको बौरलाई जोडेर पदमार्ग मार्फत पर्यटकहरु ल्याउदा यहाँका आर्थिक विकासमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *