सिगाना बासीलाई खुसीको खबर, ३० महिना भित्र बौडैचौर सम्म सडक कालोपत्रे


खेमराज गौतम, बागलुङ

बागलुङ क्षेत्र नम्बर एक अन्र्तगत एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कालोपत्रे गरिने भएको छ । बागलुङ नगरपालिकाकोे बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका लागि ठेक्का आव्हान गरिएको छ ।

साढे दुई वर्ष भित्र पूर्वाधार निर्माण सहित सडक कालोपत्रे गर्नका लागि सडक डिभिजन कार्यालयले ठेक्का आव्हान गरेको छ । उक्त सडक संगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रेका लागि ठेक्का निकालेको जनाएको छ ।

बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइसक्ने सडक डिभिजन कार्यालय बागलुङका सुचना अधिकारी तथा इन्जिनियर कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो ।

“डिपिआर, बातावरणीय प्रभाव मुल्याङ्कन सम्पन्न गरी वैशाख १५ गते पूर्वाधार सहित कालोपत्रे गर्न ठेक्का आव्हान गरेका छौ” खड्काले भन्नुभयो “यस निर्वाचन क्षेत्रको प्रत्येक्ष निर्वाचित सांसदहरुले रोजेर सिफारिस गरेको सडक हो, ठेक्का सम्झौता गरेको साढे दुई वर्षमा कालोपत्रे भइसक्नेछ, उक्त सडक लामो भएपनि अहिले सडकको शुरुबाट १० किलोमिटर सडक कालोपत्रे गरिने छ ।”

लामो समय बजेट अभावले कालोपत्रेका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुत हाल आएर कालोपत्रेको चरणमा प्रवेश गरेको बागलुङ क्षेत्र नम्बर एकका संघीय सांसद डा. सूर्य पाठकले बताउनुभयो ।

“निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत बागलुङ बजार हुँदै सिगाना, चापाखर्क, बरेङ हुँदै शान्तिपुर पुग्ने सडक छनोट गरेर सिफारिस गरेको थिए” डा. पाठकले भन्नुभयो “म निर्वाचित भएको पाँच वर्ष भित्र सडक कालोपत्रे भइसक्थ्यो, बीचमा बजेट अभावका कारण ठेक्कामा जान सकेन, अहिले ढिलै भएपनि ठेक्कामा गएको छ, कालोपत्रे हुँनेभयो ।”

यो ठेक्का अन्र्तगत बागलुङ बजारदेखि बोक्से सम्म सडक कालोपत्रे भइसकेका कारण बोक्सेबाट बौडैचौर सम्म कालोपत्रे हुदाँ यहाँका जनताले विकासको महशुस गर्ने बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

उक्त सडकको १० किलोमिटरमा नाली, प्रर्खाल, कल्र्भट लगायतका पूर्वाधार निर्माण पश्चात सडक कालोपत्रे गरिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *