नेकपा एस बागलुङका तीन नेताले पार्टी छोडे


आदर्श अनलाइन, बागलुङ
नेकपा एकिकृत समाजवादीका तीन जिल्ला स्तरीय नेताले पार्टी परित्याग गरेको जनाएका छन् ।

नेकपा एसल बागलुङका जिल्ला सदस्य तथा युवा संघ नेपाल बागलुङका उपाध्यक्ष फरिन्द्र खड्का, अनेरास्ववियू बागलुङका अध्यक्ष नविन पौडेल र युवा संघ नेपाल बागलुङ नगरका अध्यक्ष सुमन केसीले पार्टीबाट एक मुष्ट राजिनामा दिएको बताएका छन् ।

आज तीनै नेताले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्ती जारी गर्दै नेकपा एसले एमसिसिमा गरेको संम्झौता र स्थानीय तहमा गरेको अप्राकृतिक गठबन्धका कारण पार्टीबाट अलग हुनुपरेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *