बागलुङमा ११९ जनाको उम्मेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङ

बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यतालिका अनुसार बागलुङमा ११९ जनाले विभिन्न पदमा उम्मेदवारी फिर्ता लिएका छन् । बागलुङको १० स्थानीय तहको निर्वाचनमा विभिन्न ४४५ जनाको पदमा परेको १२१० जनाको उम्मेदवारी मध्ये ११९ जनाको उम्मेदवारी फिर्ता भएको मुख्य निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

जिल्लाका १० पालिकाका ११९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बसुदेव न्यौपालेने बताउनुभयो । जिल्लाको ढोरपाटन नगरपालिकामा ३५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् भने सबैभन्दा थोरै तमानखोला गाउँपालिकामा जम्मा १ जनाले मात्र आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । जिल्लाको सवै भन्दा ठुलो पालिका बागलुङ नगरपालिकामा २९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै गलकोट नगरपालिकमा ८ जना, जैमिनी नगरपालिकमा ११ जना, ताराखोला गाउँपालिकामा ३ जना, बडिगाड गाउँपालिकामा ७ जना, निसीखोला गाउँपालिकमा ९ जना, बरेङ गाउँपालिकमा ८ जना र काठेखोला गाउँपालिकमा ९ जनाले आफ्नो उम्मेदवार फिर्ता लिएका निर्वाचन कार्यालयहरुले जनाएका छन । तर गठबन्धनबाट ताराखोला र गलकोटको प्रमुखमा परेको बागी उम्मेदवारी फिर्ता भएको छैन ।
बागलुङ नगरपालिकामा २९ जना

नगरपालिकामा नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवार दिनेश पन्तले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पसको एकाई सभापति समेत रहेका पन्तले नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन । त्यसैगरी राप्रपाको तर्फबाट नगरप्रमुखका उम्मेदवार सञ्जु नेपालीले पनि आफ्ना उम्मेदवार फिर्ता गरेकी छन । उनले नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने बताएकी छन ।
नेकपा एमालेबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी पवित्रा रोकाले पनि आफ्नो उम्मेदवारी फिर्ता गराएकी छन । नेकपा एमाले र राप्रपा विच तालमेल भए पश्चात रोकाले आफ्नो उम्मेदवारी फिर्ता गरेकी हुन ।

बागलुङ नगरपालिकामा वडा नं. १ मा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार राजेश श्रेष्ठ, वडा नं. ३ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार निशान खड्का, वडा नं. ४ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार हरिबहादुर जिसी, डिल्ली प्रसाद आचार्य, वडा न.ं ७ का वडा अध्यक्षका उम्मेदवार मानबहादुर कार्की, हेमराज गौतमले आफ्नो उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए ।

त्यसैगरी वडा नं. १० को राप्रपाको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका रोमन्त मल्ल स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद शर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता गराएका छन । शर्मा नेकपा एमालेका जिल्लास्तरीय नेता हुन । नेपाली काँग्रेस विपिबाट वडा नं. १३ का वडा अध्यक्षका उम्मेदवार बनेका रामप्रसाद अधिकारी, र वडा अध्यक्षकै स्वतन्त्र उम्मेदवार रुद्र प्रसाद शर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । शर्मा नेकपा माओबादी केन्द्रका नेता हुन ।

बानपा १४ मा गठबन्धन भित्रकै दलका नेताले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका उमानाथ सिग्देल र योगेन्द्रराज शर्मा पौडेलले पनि उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिकमा वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका बानपा ३ बाट अमृत प्रसाद सापकोटा, बानपा ७ का माधव प्रसाद उपाध्याय, बानपा ८ का प्रियंका कार्की, बान.पा १० का कृष्णबहादुर विक, मनोज थापा, गोमा थापा, बानपा ११ का सम्मर बहादुर थापा, बानपा १२ का शेख सखिना खातुन, सुस्मा घमाल विक, बानपा १३ का चित्रराज शर्मा र रेशमबहादुर थापा खत्री र बानपा १४ का खेमकान्त पौडेलले पनि आफ्नो उम्मेदवारी फिर्ता गराएका छन ।

बागलुङ नगरपालिकमा गठबन्धनमा पाँच दल एकातिर छ भने नेकपा एमाले सँग राप्रपा रहेको छ । गठबन्धनकै दल नेकपा एस बाट उपप्रमुखको उम्मेदवारी दिएका जिवन आचार्य र वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार पिंगलराज गौतमले पनि आफनो उम्मेदवारी फिर्ता लिएनन् । त्यसैगरी नेकपा एमालेमा बागी उम्मेदवारी दिएका वडा नं. ३ का स्वतन्त्र उम्मेदवार पुनम शर्मा र वडा नं. २ का स्वतन्त्र उम्मेदवार रामराज गुरुङले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । बागलुङ नगरपालिकको वडा नं. १२ अमलाचौरमा पनि नेपाली काँग्रेसले छुट्टै समुह बनाएर स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको थियो । नेपाली काँग्रेसका वडा सभापति कोपिलामणी शर्माको नेतृत्वमा वडामा छुट्टै स्वतन्त्र उम्मेदवार खडा गरेको थियो । ति कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन ।

गलकोटमा ८ जनाले फिर्ता लिए
जिल्लाको गलकोट नगरपालिकामा ८ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । नगरप्रमुखका स्वतन्त्र उम्मेदवार गुमानसिंह बुढा सहित ६ जना वडा २ जना वडा अध्यक्ष र ५ जना वडा सदस्यले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत नेत्र प्रसाद भुषालले जानकारी दिए । फिर्ता लिनेमा वडा नं. ५ का वडा अध्यक्षका स्वनत्र उम्मेदवार ललित बहादुर श्रीष मगर, वडा नं. ६ का वडा अध्यक्षका उम्मेदवार भिमबहादुर विश्वकर्मा रहेका छन । त्यसैगरी नेकपा एकिकृत समाजबादीको तर्फबाट वडा नं. २ मा आफ्नो उम्मेदवारी दर्ता गरेका लालबहादुर भण्डारीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत भुषालले जानकारी दिए । उम्मेदवारी फिर्ता लिनेमा वडा नं. १ का वडा सदस्य कृष्ण बहादुर गुरुङ, वडा नं. २ का वडा सदस्य हर्कबहादुर थापा, वडा नं. ३ का वडा सदस्य ताराबहादुर अधिकारी र वडा नं. ८ का वडा सदस्य इन्द्रमणी उपाध्याय रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गलकोट नगरपालिकामा नेपाली काँग्रेसका जिल्ला सदस्य मञ्जु शर्मा चालिसेले नगरप्रमुख र नेकपा माओबादीका नगर अध्यक्ष तिलक उप्रेतीलेले पनि उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकोमा फिर्ता गरेका छैनन् ।

ढोरपाटनमा ३५ जनाको उम्मेदवारी फिर्ता
ढोरपाटन नगरपालिकामा ३५ जनाले उम्मेदवारी फर्ता लिएका छन् । चार जना नगर प्रमुख, दुई जना नगर उपप्रमुख, ९ जना वडा अध्यक्ष र ११ जना वडा सदस्य, ६ जना महिला सदस्य र तीन जना दलित महिला सदस्यले उम्मेदवारी फिर्ता लिएको ढोरपाटन नगरपालिकाका निर्वाचन अधकृत लालसिंह थापाले जानकारी दिनुभयो ।
नगर प्रमुखमा उम्मेदवारी दिनुभएका गणेशकुमार थापा, गंगाबहादुर घर्ती, शैलेस घर्ती मगर, दलबहादुर भण्डारीले उम्मेदवारी फिर्ता लिएको थापाको भनाई छ । उपप्रमुखमा उम्मेदवारी दिएका दिलमाया पौवि र भीमकुमारी क्षेत्रीले पनि उम्मेदवारी फिर्ता लिनु भएको छ ।

ढोरपाटनमा प्रमुखका लागि १० जना, उपप्रमुखका लागि ५ जना, वडा अध्यक्षमा ३९ जना, खुल्ला सदस्यमा ६५, महिला सदस्यमा २८ र दलित महिला सदस्यमा २३ जनाले उम्मेदवारी दिएका थिए ।
जैमिनीमा १० जनाको फिर्ता
जैमिनी नगरपालिकामा २ जना नगरप्रमुख २ उपप्रमुख सहित १० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । नगरप्रमुखमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका शिवलाल सापकोटा, जयराम आचार्य र उप्रमुखको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका रुद्रकुमारी रोका क्षेत्री, र कृष्णराज पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन । सापकोटा नेपाली काँग्रेसका हुन भने रोका क्षेत्री राष्ट्रिय जनमोर्चाका हुन ।
त्यसैगरी वडा नं. ८ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार पदमबहादुर पुन, वडा नं. १० का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार पुरन श्रीष, वडा नं. १ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार डिल्ली प्रसाद शर्मा र ताराबहादुर थापाले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेको जैमिनी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत सुर्यप्रसाद भण्डारीले जानकारी दिए । त्यसैगरी वडा सदस्यका स्वतन्त्र उम्मेदवार वडा नं. १ का देवनारायण शर्मा, वडा नं. २ का वडा सदस्यका स्वतन्त्र उम्मेदवार नारायण प्रसाद सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन ।

काठेखोलामा ९ जनाले गरे उम्मेदवारी फिर्ता
काठेखोला गाउँपालिकामा ९ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । मनोनयन दर्ताको क्रममा पालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनाले आज निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिएको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्क बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका डिल बहादुर बिक, नेपाली कांग्रेसबाट उपाध्यक्षका बागी उम्मेदार बनेका चित्र बहादुर कार्की, काठेखोला गाउँपालिका–१ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको गणेश नेपाली, स्वतन्त्रबाट सोही वडाको अध्यक्षमा उम्मेदवारी टिका बहादुर थापा र वडा नम्बर ६ को अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी बन्नुभएको धनपती न्यूरेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
यस्तै गाउँपालिका–५ मा स्वतन्त्रबाट दलित महिला सदस्य उम्मेदवार बन्नुभएको गिता बिक, वडा नम्बर ५ स्थित दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार बन्नुभएको गंगा बहादुर बिक वडा नम्बर ४ का सदस्यका उम्मेदवार विष्णु कंडेल, ८ नम्बर वडाका सदस्यका उम्मेदवार झक बहादुर सुनार र काठेखोला १ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएको दलित महिला सदस्य रिता नेपालीले उम्मेदवारी फिर्ता गर्नुभएको छ ।

निसीखोलामा ९ जनाको फिर्ता
जिल्लाको निसीखोला गाउँपालिकामा ९ जनाले उम्मेदवारी फर्ता लिएका छन् । पाँच जना वडा अध्यक्ष र चार जना वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको निसीखोला गाउँपालिकाका निर्वाचन अिधकृत गोविन्द गिरीले जानकारी दिनुभयो ।

निसीखोला अध्यक्ष र उपाध्यक्षमा चार÷चार जना, वडा अध्यक्षमा ३४ जना, खुल्ला सदस्यमा ४५, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १८ जनाले उम्मेदवारी दिएका थिए ।
बडिगाडमा सात जनाको फिर्ता
बडिगाड गाउँपालिकाको लागि अध्यक्ष सहित विभिन्न पदमा उमेदवारी दिएका ७ जनाले उमेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाको तर्फवाट अध्यक्षमा उमेदवारी दिएका अनिल गिरि, स्वतन्त्र रुपमा उपाध्यक्षमा उमेदवारी दिएका काग्रेस नेता यामेन्द्र कुमार घर्ति, स्वतन्त्र रुपमा वडा नं. ३ को अध्यक्षमा उमेदवारी दिएका लोक बहादुर घर्ति, स्वतन्त्र रुपमै वडा नं. ५ को अध्यक्षमा उमेदवारी दिएका ध्रुव बहादुर घिमिरे, वडा नं. ५ कै सदस्य पदका उमेदवारी दिएका धर्मराज घिमिरे, वडा नं. ९ बाट वडा अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका मुक्त बहादुर श्रीस र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फवाट वडा नं. १० को अध्यक्षमा उमेदवारी दिएका धन बहादुर बुढाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय बडिगाडले जनाएको छ । सत्तारुढ गठबन्धन सहित राजनैतिक दलहरुले बागि दर्ता गरेका उमेदवारहरुलाई उमेदवारी फिर्ता लिन आग्रह गरेसंगै उमेदवारी फिर्ता लिएको उमेदवारहरुले बताएका छन् ।
ताराखोलामा ३ जनाले फिर्ता लिए
जिल्लाको ताराखोला गाउँपालिकामा ३ जनाले आफ्नो उमम्ेदवारी फिर्ता गराएका छन । वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार तुलसीराम घर्ति मगर सहित वडा नं. ३ कै महिला सदस्य पुर्णमायाँ रोका र वडा नं. ५ का खुल्ला सदस्य लालमती घर्तिले आफ्नो उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले जानकारी दिए । तिन जना उम्मेदवार नै सवै स्वतन्त्र रहेका थिए ।

यस्तै बरेङ गाउँपालिकाको विभिन्न पदमा परेका ८ उम्मेदवारी फिर्ता भएको छन् भने तमानखोलामा एक जनाको मात्रै उम्मेदवारी फिर्ता भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *