२ सय ५० केजी सुनखरी सहित मालढुङ्गाबाट एक महिला पक्राउ

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडिबुटी) सहित एक महिलालाई पक्राउ गरेको छ ।
प्यूठानको स्वर्र्गद्वारी नगरपालिका वडा नम्बर ३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २ सय ५० केजी सुनखरीसहित १६ गते राती बागलुङ नगरपालिका वडा नम्बर १ मालढुङ्गाबाट पक्राउ गरेको हो ।

शंकास्पद रुपमा फेला परेकी केसीको साथबाट फरक–फरक तौलका १० वटा बोरामा रहेको खैरो रंगको सुनखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले बताउनुभयो ।

बागलुङबाट काठमाडौं लैजाँदै गरेको उक्त सुनखरी नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय बागलुङमा पठाउने तयारी गरेको सूचना अधिकारी रानाले बताउनुभयो । बहुमल्य जडिबुटी ओसार पोसार हुन लागेको सूचनाको आधारमा प्रहरीले विशेष टोली खटाएर केसीलाई पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *