साधना पन्त, पोखरा
विदेश । अभाव, प्रभाव र दबावले दैनिक हजारौंको संख्यामा युवा युवती विदेशिने गर्छन् । विदेशमा असफता मात्रै मिल्छ भन्ने होइन, तर सफताको तुलनामा कयौं गुणा बढी दुःख, दर्द र पीडाका काहानी नेपाली युवा युवतीले विदेशबाट कोशेली स्वरुप ल्याउने गरेका छन् । बाध्यताले विदेशीयका निम्न वर्गिय नेपालीहरुको दुखका काहानी अझै दुखजिला छन् ।
घर छोडेर विदेशीयको वर्षाै सम्म नफर्कने युवाहरु पनि छन् । सफलताको खोजिमा वर्षमा एक भन्दा बढी देश भौतारिने युवाहरुको संख्या लाखौको संख्यामा छ । तेस्तै युवाहरुको भिडमा पवर्तको मोदी गाउँपालिका–६ रातामाटाका रुद्रबहादुर लामिछाने पनि पर्नुहुन्छ । सफलताको आशमा २ पटक साउदी, २ पटक कतार पुगेर पनि रित्तो हात फर्किएका लामिछाने विदेशमा पाएको तेही असफलताले गाउँमै स्वाभिमानको साथ बाँचिरहनुभएको छ । युवा अवस्थाको जोश जागर विदेशमा खर्चे छोटो समयमै आफ्नो र परिवारका सपना पुरा हुने आशमा विदेशिएका लामिछानेको सपना विदेशले त पुरा गर्न सकेन, तर तेही असफलता र ठक्करले सफलता उन्नमुख बनायो ।
स्वदेशमै उद्यमी बन्ने सपनाका साथ लामिछानेले पोल्ट्री फाम खोल्नुभएको थियो । फाम नचलेपछि निराशा थपिदै थियो । ठ्याक्कै तेही समयमा भुकम्प गयो । २०७२ सालको भुकम्पले लामिछानेको घर भत्काइदियो । उहाँले नयाँ घर बनाउनुभयो । नयाँ घर मात्रै होइन, घर सँगै सोच पनि नयाँ बनाउनुभयो । पोल्ट्री फाम छोडेर लामिछानेले २०७२ सालमा आफ्नै २२ रोपनी जग्गामा विशाल पसु फाम दर्ता गर्नुभयो र भैसी पाल्न सुरु गर्नुभयो ।
पटक पटक विदेशीय पनि लामिछानेको हात खालि थियो । वैंकबाट ३० लाख कर्जा लिएर भैसी पाल्न सुरु गर्नुभयो । अहिले लामिछानेको फाममा १६ वटा भैसी छनु । अहिले अफसिजनमा पनि लामिछानेका १२ वटा भैसीले दुध दिन्छन् । लामिछानेको उद्यमी बन्ने सोचमा उहाँका श्रीमती सिता लामिछानेले साथ दिनुभएको छ । उहाँका एक छोरी र एक छोरा छन् । विहान ४ बजे उठेपछि लामिछाने दम्पत्तीको दैनिकी सुरु हुन्छ । गोठमा जानmे सरसफाई गर्ने, दुध दुहुने, बेच्न लैजाने, घास पात, खोले कुडो यसमै उहाँको दिन वित्छ ।
‘वडा र गाउँपालिकाबाट पनि सहयोग मिलेको छ,’ लामिछाने भन्नुहुन्छ, ‘विदेश विदेश भौतारिदा हैरान भएको म अहिले परिवारसँग बसेर मासिक ७० हजार रुपैयाँ चोखो आम्दानी गर्छु ।’ ‘बाँझो रहेको जग्गा पनि हरियाली भएको छ, लामिछाने भन्नुहुन्छ आफुले थालेको व्यवसाय जति हेर्छु तेती सन्टुष्ट हुन्छु । ’
लामिछानेको घर नजिकै पातिचौर बजार छ । ४५ मिनेटमा बजार पुगिन्छ । आफ्नै बाइकमा हरेक विहान लामिछाने दुध बेच्न तेही पाचिचौर बजार जानुहुन्छ । जति दुध उत्पादन गरे पनि सहजै विक्रि हुने लामिछानेको भनाई छ । मन लगाएर काम ग¥यो भने स्वदेशमै सफल भइने रहेछ भन्ने अहिले लामिछानेलाई लागेको छ । हिउदमा बाटोको समस्या नभएपनि बर्खामा तीन वटा खोला तरेर पातिचौर जानुपर्ने भएकाले समस्या हुने उहाँको भनाई छ । परिवारको साथ, आफुनो अठोठ र विश्वासले देशमै स्वरोजगारी बनेको उहाँको भनाई छ । लामिछानेको फामलाई मोदी गाउँपालिकाले १ लाख रुपैयाँ आर्तिक सहयोग गरेको छ । आफुजस्तै स्वदेशमै केही गर्न चाहाने युवाहरुलाई स्थानीय सरकारले सहयोग र प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाई छ । ‘देशमा उद्यमी बढ्नु, उद्योग व्यवसाय बढ्नु व्यक्तिलाई मात्रै होइन, समुदाय र सिंगो देशलाई फाइदा हो,’ लामिछाने भन्नुहुन्छ ‘स्वदेशमा रोजगारी पएनौ भनेर विदेशीने युवाहरुलाई सरकारले साथ र सहयोग दिएर देशमै रोक्नुपर्छ ।’
वडा र गाउँपालिकाले साथ सहयोग दिए फाममा भैसी थप्ने लामिछानेको योजना रहेको छ । परिवारमा मात्र सिमित रहेको फामबाट गाउँका युवालाई रोजगारी दिने उहाँको चाहाना छ । भैसी मात्रै पालेका लामिछानेको लोक्कल कुखुरा र बाख्रा पाल्ने योजना रहेको छ ।