बानपाको उपमेयरमा गठबन्धनबाट दुई उम्मेदवार, कस्लाई पुग्ला फाइदा ?


आदर्श अनलाइन, बागलुङ
पाँच दलीय चुनावी गठबन्धन गरेर स्थानीय निर्वाचनमा नेकपा एमालेविरुद्ध आएकादलहरुले अझै बागलुङमा आन्तरिक समस्या सुल्झाउन सकिरहेका छैनन् । अहिले सम्म गठबन्धनबाट बानपा र तमानखोलामा दुई—दुई उम्मेदवार रहेका छन् । उनिहरु मित्रवत प्रतिस्प्रधामा उत्रेका हुन् ।
बागलुङ नगरपालिका र तमानखोला गाउँपालिकामा पदीय भागवण्डा मिलाउन नसक्दा गठबन्धनबाटै दुई–दुईजना प्रतिस्प्रधी मैदानमा उत्रेका छन् । जस्ले एमाले राप्रपाको गठबन्धलाई फाइदा पुग्ने देखिएको छ ।

बागलुङ नगरपालिकामा गठबन्धका तर्फबाट मेयरमा नेपाली कांग्रेसका बसन्द कुमार श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका राजु खड्काले टिकट पाएपछि असन्तष्ट बनेको गठबन्ध दलको नेकपा एसले आफ्नो दलबाट जीवन आचार्यलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
यसरी गठबन्धबाटै दुई उम्मेदवार उठ्दा भोट काटिने संभावना उस्तै छ । यस्को प्रत्यक्ष फाइदा नेकपा एमाले र राप्रपालाई पर्न जाने गठबन्धकै नेताहरुले बताएका छन् । गठबन्धमा बागीको समस्या उस्तै छ । नेकपा एमालेले पालिका तहमा एकले उम्मेदवारी दिएपनी केही वडामा बागी उम्मेदवारी छन् । तर पालिका प्रमुख र उपप्रमुखमा बागीभने गठबन्धबाटै छन् ।
गठबन्धनमा बागलुङ नगरपालिका मात्रै हैन, तमानखोलामा समेत उस्तै छ । गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एसले टिकट पाएको छ । गठबन्धनबाट नेकपा एसले उपाध्यक्षमा टिकट पाएपनि तमानमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको उम्मेदवारी कायमै छ ।

भागवण्डामा पालिका अध्यक्षको रुपमा नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती जोकलाल बुढा र नेकपा एसका तारानाथ सिर्पालीले आधिकारिक टिकट पाएका थिए ।
उपाध्यक्षमा कांग्रेसले गठबन्ध बिरुद्धगएर हिराकुमारी छन्त्याललाई उठाएको छ भने माओवादीले गठबन्धको भावना विपरित अध्यक्षमा देव बहादुर पुन र उपाध्यक्षमा निसु बिकको उम्मेदवारी छ । कांग्रेस, माओवादीले आ–आफ्नै उम्मेदवारी कायम राख्दा नेकपा एसका उम्मेदवारलाई समस्या देखिने भन्दै बानपा उपमेयरका उम्मेदवार जिवन आचार्यलाई उम्मेदवार कायमै राखेको छ ।

तमानखोलामा उपाध्यक्षमा गठबन्धबाट नेकपा एसले टिकट पाएपनि कांग्रेस र माओवादीले उम्मेदवार िफिर्ता नलिएका कारण बानपामा हाम्रो उम्मेदवारी कायमै रहेको नेकपा एस बागलुङका अध्यक्ष लाल बहादुर थापाले जानकारी दिनुभयो । ‘गठबन्धनको मर्म अनुसार हो भने तमानखोलामा फिर्ता लिनुपर्ने थियो, हामीले बानपामा लिन्थ्यौं’ थापाले भन्नुभयो ‘अझै मिल्ने र एकले अर्कालाई सहयोग गर्ने अवसर छ, तमानमा हाम्रो उम्मेदवारलाई सहयोग हुन्छ भने बानपामा हामीले अरुलाई गछौं ।’

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अनिल गैरेले उम्मेदवारी कायम भएपनि तमानखोलामा माओवादीले सहयोग गरेरै जनो तयारी रहेको जानकारी दिनुभयो । उहाँले उम्मेदवारी विभिन्न बmुभाइका कारण कायम भएको हुनसक्ने भन्दै तमानमा सहयोग हुँने र बानपामा हामीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । तमानखोलामा मित्रवत प्रतिस्प्रधा हुँने नेपाली कांग्रेसका नेता जोकलाल बुढाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *