बागलुङमा आई पुग्यो दुई लाख १३ हजार मतपत्र

आदर्श अनलाइन, बागलुङ
बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि बागलुङमा मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले बागलुङ जिल्लामा पठाएको मतपत्र आएर गोदाममा भण्डारण गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल प्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार दुई लाख १३ हजार मतपत्र जिल्लामा आएको छ । हाल बागलुङमा एक लाख ९३ हजार २२६ मतदाता, २३० मतदान केन्द्र र १०३ मतदान स्थल रहेका छन् । २०७४ सालपछि थपिएका नयाँ मतदाताहरुको मतदाता परिचय पत्र समेत मतपत्रसंगै आएको छ ।

मतपत्र अब केही दिनमै मतदान केन्द्रमा पठाउनका लागि तयारी भइरहेको उहाँको भनाइ छ । मतदाता परिचय पत्र मतदान केन्द्रमा पठाइने र वितरण गरिने छ । निर्वाचनको अघिल्लो दिनसम्म मतदाता परिचय पत्र लिनलाई जिल्ला निर्वाचन कार्यालय बागलुङले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *