प्रचण्ड र देउवाले घाँटी जोड्दैमा जनताले गठबन्धनलाई भोट हाल्दैनन्–एमाले नेता सापकोटा

रोशन जिसी, भिमापोखरा

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङका सह–इन्चार्ज इन्द्रलाल सापकोटाले सत्ता स्वार्थका लागि प्रचण्ड र देउवाले घाँटी जोड्दैमा तलका जनताले गठबन्धनलाई मतदान नगर्ने बताउनुभएको छ ।

नेकपा एमाले काठेखोला गाउँपालिकाले भिमापोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सशस्त्र द्वन्द्वको समयमा एकले अर्का लाई सिध्याउन तल्लिन देउवा र प्रचण्डले सत्ता स्वार्थका कारण गरेको गठबन्धन प्रति जनता सकरात्मक नरहेको दाबी गर्नुभयो ।



मुलुकको आर्थिक बिकास र समृद्धिका लागि नभई गठबन्धन सत्ता प्राप्तिको अभियानमा लागेकाले जनताले सुर्य चिन्हमा मतदान गर्न आतुंर रहेको बताउनुभयो । उहाँले काठेखोलाको बिकासका लागि एमालेको नेतृत्वमा रहेको स्थानीय सरकार गाउँपालिका र वडाले गरेका काम जनताको पक्षमा रहेको चर्चा गर्दै सापकोटाले यहाँको बिकास र समृद्धिका लागि एमालेका उमेदवार लाई बिजयी गराउन आव्हान गर्नुभयो ।



कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा विदेश विभाग उप–प्रमुख कृष्ण बहादुर केसीले मुलुकको समृद्धि, सामाजिक न्याय र समतामुलक समाज निर्माणका लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले काठेखोलाका जनतालाई आर्थिक रुपमा सक्षम, सामाजिक रुपमा सवल बनाउन एमालेले गरेका कामका आधारमा जनता एमाले लाई बिजयी गराउन आतुर रहेको बताउनुभयो ।

नेकपा एमालेको तर्फबाट काठेखोला गाउँपालिका अध्यक्षका उमेदवार डिल बहादुर कार्की, उपाध्यक्षका उमेदवार कोपिला पुन, वडा अध्यक्षका उमेदवार विद्यापति शर्माले काठेखोलाको समग्र बिकासका लागि जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेकपा एमालेले काठेखोलाका ८ वडामा ८ पहिचानका आधारमा प्रतिबद्धता पत्र बनाएर चुनावी अभियानमा जुटेको छ । भिमापोखरालाई पशुपालन र तरकारीको विशेष क्षेत्र बनाउने लगायतका कार्यक्रम अगाडि सारेको एमालेले जनाएको छ ।

कार्यक्रम नेकपा एमाले वडा नम्वर २ भिमापोखराका अध्यक्ष नारायणदत्त रेग्मीको अध्यक्षता, उपाध्यक्ष चन्द्रकला थापाको स्वागत मन्तव्य र ऋषिराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *