गठबन्धन–एमालेको घोषणापत्र : लोक प्रियताका लागि महत्वकांक्षी योजना

खेमराज गौतम, बागलुङ

मंगलबार पाँचदलीय गठबन्धका तर्फबाट बागलुङ नगरपालिको घोषणपत्र सार्वजनिक भयो । नगरपालिकाको विकास र समृद्धिका लागि सात अठोट सहितको घोषणापत्र सार्वजनिक गरियो । नेपाली कांग्रेसबाट बागलुङ नगरपालिकाकोे नगर प्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र माओवादी केन्द्रबाट उपप्रमुखकका उम्मेदवार राजु खड्काले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्नुृभयो ।

यस्तै आइतबार नेकपा एमाले र राप्रपाले संयुक्त घोषणपत्र सार्वजनिक ग¥यो । एमालेबाट नगर प्रमुखका उम्मेदवार जनकराज पौडेल र राप्रपाबाट नगर उपप्रमखका उम्मेदवार सन्जय खड्काले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभयो । दुवैको घोषणापत्रमा जनताको आधारभूत आवश्यकता संगै महत्वकांक्षी योजना बढी रहेको पाइयो । जुन आगमी पाँच वर्षमा संभवै नहुँने जस्ता योजनाहरु सस्तो लोकप्रियताका लागि ल्याएको पाइएको छ । मजदुर, दलित, अपाङ्गता, जेष्ठनागरिक, खानेपानी, बजार क्षेत्रमा सार्वजनिक शौचालय र सार्वजनिक खानेपानीको धारो बनाउने कुरा दुबैको घोषणापत्रमा कम प्राथमिकता पाएको देखिन्छ ।

जनताले शिक्षा, स्वास्थ्य, खानेपानी तथा नगरपालिकाको सेवा सहजरुपमा नपाएको अझै गुनासो छ । नगरपालिकाले आगमी पाँच वर्षमा पुरा गर्न कठि र लागतका हिसावले धेरै खर्चिला योजनाहरुसेमत घोषणापत्रमा उल्लेख गरेका छन् । नगरपालिकाको आफ्नै भवन छैन, जग्गा व्यवस्थापनको कुरा समेटिएको पाइदैन । अहिले कृषि कार्यालयमा बस्दै आएको नगरपालिकाले आफ्नो भवन कहिले पाउने भन्नु प्रश्नको जवाफ दुबै घोषणापत्रमा पाइदैन । पाइन्छ त केवल, ढलको पानी प्रसोधन गरी वाटरपार्क, काठेखोला थुनेर ताल बनाउने, भीरमा फूल रोप्ने योजना । जुन योजनाले दैनिक रोजीरोटी गर्ने नागरिकलाई खासै छुने गरेको छैन ।

एमाले राप्रपाको घोषणापत्रमा काठेखोलाथुनेर बहुउदेश्यीय जलविहार परियोजना, प्रत्येक वडामा तीन÷तीन वटा खेलमैदान, म्याग्दी, पर्वत र बागलुङको सङ्गम स्थलमा मितेरी पुल, शहरी विकासको योजना, विद्युतीय र टेलिफोनका तारलाई भूमिगत गर्ने, औधोगिकग्राम सञ्चालन गर्ने, घरदैलोमै स्वास्थ्य सेवा दिनेजस्ता महत्वकांक्षी योजनाहरु सार्वजनिक गरेको छ । वार्षिक एक अर्व बजेट सार्वजनिक गर्ने नगरपालिकाले करोडौका योजना सम्पन्न गर्ने, जग्गा अभावमा थलिएको औधोगिक ग्राम बनाउछु भन्ने योजनाहरु महत्वकांक्षी योजनाहरु हुन् ।

यस्तै संयुक्त पाँच दलीग गठबन्धले सार्वजनिक गरेको बागलुङ नगरपालिकाको घोषणापत्रमा उस्तै महत्वकांक्षी योजना रहेका छन् । आयातमा धानिएको बागलुङ नगरपालिकामा कृषिमा आत्मनिर्भर गराउने भन्ने गठबन्धको घोषणापत्र झनै महत्वकांक्षी योजनाको रुपमा पाइन्छ ।

कालिका मन्दिरको भीरमा फूलले सजाउने, श्रम बैंक स्थापना गरी बेरोजगार युवालाई रोजगार दिइने, धौलागिरी अस्पताललाई शिक्षण अस्पताल बनाइने, अधुरो रहेको हरी खड्का ट्रमा सेन्टर सञ्चालन गर्ने, नेपालभित्र तिर्थयात्रा गर्न विशेष सहयोग उपलव्ध गराइने, वैतनिक स्वयंसेवकमा आबद्ध गराइने, विद्युतीय तारलाई भूमिगत गर्ने, कुकुरगाडे कुस्मा लामो झोलुङ्गे पुल निर्माण गर्ने, बलेवा बिमानस्थल सञ्चालन गर्ने, पुरानो बजारलाई संरक्षण गर्ने, नदि किनारमा वाटरपार्क, कालिगण्डकी नदी दोहन रोकने लगायतका योजना समावेश गरेको छ ।

विद्यालयमा पढ्दै कमाउदै, भविश्यका लागि शुक्रबार र व्यवस्थित ढल निर्माण गर्ने लगायतका कुरा प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । नगरपालिकाले आगमी पाँच वर्षमा पुरानो बजारलाई संरक्षण, नयाँ बजारलाई हरीयाली, रिङरोड कालोपत्रे गर्ने र धौलागिरी अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने जस्ता एजेण्डा समावेश गरिएको नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै नेकपा माओवादीका केन्द्रका पुराना नेता बाबुलाल शाक्य बागलुङ नगरपालिका–३ मा वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारे समेत ढल निकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । निर्वाचन आयोगले दिएको मुडा चुनाव चिन्हमा मतदातासामु मत मागीरहनुभएका शाक्य नेकपा माओवादी केन्द्रमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँले पत्रकार सम्मेलननै गरी बागलुङ नगरपालिका वडा नम्बर ३ को विकासमा कुनै कसर नराख्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *