रायडाँडा र भकुण्डेमा चुनावी अभियान : कृषि र पर्यटनमा विशेष जोड दिने प्रतिबद्धता


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको नेतृत्वका लागि नेकपा एमाले र राप्रपाको प्रचार प्रसार कार्यक्रम बुधबार रायडाँडा र भकुण्डेमा सम्पन्न भएको छ ।



नेकपा एमाले र राप्रपाको संयुक्त चनावी कार्यक्रम, जभेटघाट, घरदौलो कार्यक्रम बुधरबा बागलुङ नगरपाकिला–११ रायडाँडा र बानपा १० भकुण्डेका विभिन्न स्थानमा सम्पन्न भएको छ । भकुण्डे र रायडाँडाको विभिन्न स्थानमा भएको जभेटघाट, धरदैलो तथा चुनावी सभामा बोल्दै नेकपा एमाले बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार जनकराज पौडेलले आफू नगर प्रमुख हुँदा रायडाँडाडा र भकुण्डेलाई कृषि र पशुपालन र पर्यटनमा विशेष जोड दिएर बजेट बिनियोजन गरेको बताउनुभयो ।



उहाँले रायडाँडालाई विशेष क्षेत्रको रपमा घोषणा गरेर अतिरिक्त बजेट दिने, दुर्गम वडा भएकाले सडकमा बढी लगानी गर्ने, बाख्रापालनमा जोड दिने र भकुण्डेलाई पयएटकीय गन्तव्य बनाउन भ्यूटावर, पदमार्ग तथा तालको संरक्षणमा काम गरेको र आगमी दिनमा तित्याङ हुँदै भकुण्डे रायडाँडा पुग्ने सडक चौडा र स्तरीय बनाउने बताउनुभयो ।

‘रायडाँडालाई विशेष क्षेत्र बनाउने मेरै योजना हो, केही काम भएका छन् केही काम हुँदेछन्, आगमी निर्वाचनमा मैले जितेपछी पुन नाली सहितको स्तरीय सडक रायडाँडा पु¥याउछु’ पौडेलले भन्नुभयो ‘भकुण्डेलाई पर्यटनको हब बनाउने विदेशी पर्यटक ल्याउने योजना मेरै हो, आगमी दिनमा पुन विदेशी पर्यटक ल्याउन पहल गर्छु, घरबास सुधार गर्दै थ पर्यटकीय पूर्वाधार निर्माणमा लाग्छु ।’ कार्यक्रममा राप्रबाबाट उपप्रमखुका उम्मेदवार सन्जय खड्काले युवालाई रोजगारी सिर्जना गर्ने योजना आफूसंग रहेकाले आफूलाई जिताउन आग्रह गर्नुभयो ।



यस्तै रायडाँडाको कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार चिरन्जीवि केसीले रायडाँडाको दुर्गमको परिचय बदल्न आफूलाई मतदान गर्न आग्रह गर्नुभयो । यस्तै भकुण्डेमा भएको कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार विजय थापाले नगरकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य डा. सुर्य पाठक, एमाले बागलुङ जिल्ला इन्चर्ज गोविन्द नेपाली, एमालेका जिल्ला अध्यक्ष हिरा केसी लगायतले एमालेप्रतिको जनलहरले नागरिकमा विकास र समृद्धिको एजेण्डा प्रति विश्वास भएको बताउनुभयो ।

कार्यक्रममा मतदाताले तित्याङ हुँदै भकुण्डे, रायडाँडा पुग्ने सडक सुधार गर्न, अफुडारो स्थानमा गदिै आएको ढलानलाई तिब्रता दिन आग्रह गरेका थिए । एमाले बागलुङ नगरपालिकाको चुनावी सभा र घरदैलो भोली तित्याङ र सिगानामा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *