गठबन्धनको भ्रममा नलागौं, बानपामा धेरै काम भए, अब पनि हुन्छ : सुरेन्द्र खड्का


आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले अहिलेको पाँच दलीय गठबन्धन नगरपालिकामा एमाले र राप्रपाको तालमेल देखेर डराएको बताउनुभयो ।

एमाले र राप्रपाको संयुक्त चुनावी सभालाई तित्याङ र सिगानाको विभिन्न स्थानमा सम्बोधन गर्दै बागलुङ नगरपालिकाका पूर्व नगरउपप्रमुख समेत रहनुभएका खड्काले गठबन्धले नगरपालिकाको विषयमा जनतामा भ्रम छर्दै हिडेको बताउनुभयो । उहाँले नगरपालिकामा सिमित स्रोत र साधनका बीच नगरपाकिलाले उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो ।

‘पाँच वर्ष अधि कस्तो थियो एक पटक जनताले आँखा चिम्लेर हेरौं, र अहिले कस्तो परिवर्तन भएको छ आँखा खोलेर हेरौं, यही तित्याङमा वडा कार्यालय व्यक्तिको घरमा थियो, अहिले वडा कार्यालय भवन ठडिएको छ, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका क्षेत्रमा धेरै काम भएका छन्’ खड्काले भन्नुभयो ‘गठबन्धले हाम्रो तालमेलपछि अतालिएर नगरपालिकाको विषयमा भ्रम फैलाउने काम गरेको छ, जनताले यो पाँच वर्षमा गरेका काम सम्झेर हामीलाईनै भोट हाल्छन्, विकासप्रेमी नेता जनक पौडेललाई सुर्य चिन्हमा र युवा नेतृत्व सन्जय खड्कालाई हलो चिन्हमा मतदान गरेर गठबन्धले जनतामा छरेकोे भ्रम चिर्नेछन् ।’

अहिलेको गठबन्धनले हाम्रो नेतृत्वमा सम्पन्न भइसकेको कामलाई आफूहरुले आगमी दिनमा पुरा गर्ने भनेर घोषणापत्रमा राख्नु भनेको लज्जास्पद विषय भएको बताउनुभयो । ‘यहाँ घोषणपत्रमा भनेजस्तो जादुको छडीले छूदासाथ विकास हुँदैन, निरन्तरको मेहनत र अथक प्रयास चाहिन्छ, मेयर पदका उम्मेदवार पौडेलसंग अनुभव छ, एकपटक यो अनुभवले नगरपालिकाको अधुरा काम पुरा हुँनेछन् ।’ खड्काले भन्नुभयो ।

खड्काले बानपामा एमाले–राप्रपाको जित सुनिश्चित भएको बताउदै जनतालाई गठबन्धले छर्दै आएको भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *