मालिकामा जनभेटघाट : जनतालाई गाउँ फर्काउने योजना ल्याउने प्रतिबद्धता


आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेको तर्फबाट बागलुङ नगरपालिकामा प्रमुख पदका उमेद्वार जनकराज पौडेलले बढ्दो बसाई सराई रोक्नका लागि अव व्यवस्थीत गाउँको धारणा ल्याउनुपर्ने बताउनुभयो ।

चुनावी अभियान अन्तरगत शुक्रबार बागलुङको मालिकामा आयोजीत सभालाई सम्बोधन गर्दै पौडेलले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा परिवर्तन ल्याउँदै गाउँका मान्छे गाउँमै रहने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । ‘शहर बजारहरु धान्नै नसक्नेगरी जनसंख्या बढीरहेको छ, हाम्रा गाउँ खालि भए’ पौडेलले भने ‘गाउँ रित्तिनुका कारणहरु हामिले पत्ता लगाएका छौं, अव सोही अनुसार काम गर्ने छौं ।’

सुविधा गाउँ पुग्दा गाउँ रित्तै हुने अबस्था आउनबाट रोक्नका लागि आफुले योजनबद्ध काम गर्ने उहाँले बताउनुभयो । पौडेलले जनताका आधारभुत आवश्यकता बुझेर काम गर्ने व्यक्ति मात्रै जनप्रतिनिधि हुने दावी गर्नुभयो । ‘सुविधासम्म महलमा बसेकाले आधारभुत तहका जनताको आवश्यकता पहिचान गर्नै सक्दैन्, जनभावना बुझ्न जनतासँग भिजेको मान्छे चाहिन्छ’ पौडेलले भन्नुभयो ।

उपप्रमुखका उमेद्वार सञ्जय खड्काले आउँदो स्थानीय तह निर्बाचनमा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको आवश्यकताको समिश्रणबाट समृद्धिका लागि आफ्नो उमेद्वारी भएको बताउनुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले देशको चौतर्फी बिकास गर्ने पार्टी एमाले भएको भन्दै सामाजिक न्याय र समानताका लागि पनि एमालेको जीत आवश्यकता रहेको बताउनुभयो ।

एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले गबन्धनका बिरुद्ध एक्लै मैदानमा रहेको एमालेले जिल्लाभरका मतदाताको साथ र सहयोग पाउने बताउनुभयो । कार्यक्रममा एमालेका प्रदेश कमिटिका सदस्य शिव सापकोटा लगायतले बोलेका थिए ।

एमालेले चुनावी कार्यक्रम अन्तरगत घर दैलो र कोणसभा तथा जभेटघाट कार्यक्रमलाई तिब्र बनाएको छ । एमालेको तर्फबाट जैमिनी नगरपालिकामा प्रमुखका उमेद्वार लिला राना र उपप्रमुखका उमेद्वार उषा पौडेलले दमेकमा घरदैलो गरेका छन् ।

बरेङ गाउँपालिकाका सबै वडामा घरदैलो तथा सभाहरु भएको अध्यक्ष पदका उमेद्वार प्रदिप थापाले बताउनुभयो । गलकोट, बडिगाड, ढोरपाटन र ताराखोलामा समेत पहिलो चरणको घरदैलो सकेर दोस्रो चरणका अभियानहरु सुरु भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *