रेशमा उर्लियो एमालेका पक्षमा जनलहर (फोटो सहित)


रोशन जि.सी.,बागलुङ

२०४६ सालको परिवर्तनपछि नै एमालेको किल्लाका रुपमा रहदै आएको काठेखोला गाउँपालिका ७ रेशमा एमालेको पक्षमा जनलहर उर्लिएको छ ।काठेखोला गाउँपालिका वडा नं ७ निवासी डील बहादुर कार्कीलाई पालिकाको अध्यक्ष पदमा एमालेले अगाडि बढाएको भन्दै रेशवासी जनताहरु एमालेको पक्षमा देखिएका हुन् ।

एमाले रेशले शनिवार आयोजना गरेको चुनावी सभा पूर्व रेशवासीले बाटोमा पानीको घडा राखेर स्वागत गर्नुका साथै अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सहित सदस्यका उमेदवारलाई खादा अबिर र फुुलमाला लगाएर चुनाव जित्नका लागि शुभकामना दिएका थिए । साविक रेश वडा न. ९ र ८ को एक टोली, ५, ६ र ७ को एक टोली, ३ र ४ को एक टोली तथा १ र २ को एक टोली, बाजा गाजा सहित एमालेका उमेदवारहरुको पक्षमा रेशवासीहरुले ऐक्यवद्धता जनाएका छन् ।

युवा, महिला लगायत १ हजार भन्दा बढी जनता एमालेको जनसभामा सहभागी भएको एमालेले जनाएको छ । रेशमा २०४८ सालको आम निर्वाचनमा एमालेको पक्षमा ९ सय ३८ मत तत्कालिन उमेदवार गोविन्द अधिकारीले पाउनु भएको थियो । २०४९ को स्थानीय निर्वानमा अध्यक्षका उमेदवार हरि कार्की ११ सय मतका साथ विजयी हुनु भएको थियो । २०५४ को स्थानीय निर्वाचनमा अध्यक्षका उमेदवार हरि कार्कीले १४ सय मत पाउनु भएको थियो ।

२०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षका उमेदवार प्रेम लामिछानेले १८ सय मतका साथ जितेको रेशमा यसपटक पनि एमालेको पक्षमा त्यो भन्दा बढी मत पर्ने एमाले रेशका अध्यक्ष भूमिराज शर्माले बताउनुभयो । रेशमा ३ हजार ७ सय जना मतदाता रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *