रायडाँडालाई विषेश क्षेत्रको रुपमा घोषणा गरेर विकास गछौं : बसन्त कुमार श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
स्थानिय तहको निर्वाचन आउँन एक साता मात्र बाँकी छ । उम्मेदवारहरु यतिबेला घरदैलोलाई तिब्र बनाएका छन । बागलुङ नगरपालिकामा पाँच दलीय गठबन्धनको चुनावी सभा शनिबार बानपा ११ रायडाँडामा सम्पन्न भएको छ । रायडाडाँको रामतोला आफ्रेमा घरदैलो तथा चुनावी सभा सम्पन्न भएको हो । सभामा बागलुङ नगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखको उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्का सहित सवै दलका शिर्ष नेताहरु र स्थानिय जनताको उपस्थितिमा अन्तरक्रिया भएको थियो ।

सभालाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठले रायडाँडा बागलुङ नगरपालिकाको सवै भन्दा विकट क्षेत्र रहेको हुँदा यसलाई विषेश क्षेत्रको रुपमा घोषणा गरेर विकास गरिने बताए । उनले जनताको चाहना अनुसार आधारभुत आवश्यकतालाई परिपुर्ति गर्ने र यस क्षेत्रमा आउने सडकलाई व्यवस्थित गर्ने बताए । ‘रायडाँडा सदरमुकाम देखी टाढाको वडा हो यहाँ धेरै जडिबुटी र आयआर्जन सँग जोडिने बस्तुको उत्पादन गर्न सकिने ठाउँछ श्रेष्ठले भने,–’यहाँ, आर्थिक विकास भौतिक विकासको आवश्यकता छ, त्यो त हामी गर्नेनै छौं । हामीले बागलुङ नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्नेछौं त्यसका लागि यसपाली हामीलाई मौका दिनुहोस ।’ श्रेष्ठले जनताहरुका गुनासो सुनेर मात्र आफुले जवाफ दिएका थिए । जनताहरुले पाँच वर्षको अवधीमा नगरपालिकाले रायडाँडालाई उपेक्षा गरेको गुनासो पोखेका थिए । उनिहरुले एउटा वडा अध्यक्षको पहलमा धेरै काम भए पनि गाउँको विकास अझै हुन नसकेको हुँदा आउँदो निर्वाचनमा काँग्रेसको नेतृत्वले जितेपछि रायडाँडाको विकास हुनेमा विश्वस्त रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले बागलुङ नगरपालिकामा सुसासन कायम गर्न गठबन्धनका दलका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएकी थिईन । उनले सधै एउटै व्यक्ति दोहोरीएर नयाँ पन हुन नसक्ने भन्दै नगरपालिकामा केही नयाँ काम गर्नका निम्ती गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताईन ।

कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान आमन्त्रीत केन्द्रीय सदस्य किरण पौडेल, काँग्रेसका निर्वमान सभापति दिपेन्द्र बहादुर थापा, नेपाली काँग्रेसका क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेल, उपप्रमुखका उम्मेदवार राजु खड्का, वानपा ११ का वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गौतम नेकपा माओबादी केन्द्रका नेता धुव्र परियार राष्ट्रिय जनमोर्चाका बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदी लगायतले बागलुङ नगरपालिकाको विकास र निकासका निम्ती गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।

कार्यक्रम नेपाली काँग्रेस रायडाँडाका सभापती खिम बहादुर थापाको अध्यक्षता तरुणदलका अध्यक्ष शेरबहादुर थापाको स्वागत र काँग्रेसका क्षेत्रीय प्रतिनिधि मिनबहादुर केसी मिलनको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *