बन्दोबस्तका सामग्रीसहित मतदान केन्द्रमा खटाइयो सुरक्षाकर्मी र कर्मचारी

आदर्श अनलाइन, बागलुङ

आसन्न स्थानीय तह निर्वाचनका लागि बागलुङमा बन्दोबस्तीका सामग्री सहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । यही ३० गते हुँने स्थानीय निर्वाचनको लागि मतदान केन्द्रमा २७ गते सम्म पुग्नेगरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिका सहितको ६१ प्रकारका सामाग्री निर्वाचन अधिकृतहरुलाई धमाधम हस्तान्तरण गरिएको छ ।

बागलुङको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीहरुले धमाधम मतदानका लागि आवश्यक पतपत्र र मतपेटिका सहितका ६१ प्रकारका सामाग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुल प्रसाद शर्माले जानकारी दिनुभयो ।

“जिल्लामा ४६० जना मतदान अधिकृत र सहायक अधिकृतहरुलाई सामाग्रीसहित बुझाउन थालिएको छ, टाढाका केन्द्रका जादै गर्नुहुन्छ, नजिकका केन्द्रका २७ गते सम्म पुग्नेछन्” सूचना अधिकारी शर्माले भन्नुभयो “मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई शनिबार नमूना मतदान गरेर पठाएका छौं, अन्य कर्मचारी स्थानीय पालिकाका हुन्छन्, उतैबाट खटिन्छन् ।”

मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान स्थलमा मतदाता संख्याको आधारमा स्थानीय पालिकाका कर्मचारी र ६९० जना स्वयंसेवक गरी एक हजार ९०० कर्मचारी खटाइएको छ । मदतान केन्द्रमा एक हजार १५० कर्मचारी, १० निर्वाचन अधिकृतको कार्यालयमा ९० र ६९० स्वयंसेवक गरी एक हजार ९३० जना कर्मचारी परिचालन गरिएको छ । यस्तै २३० मतदान केन्द्रमा तीनजनाका दरले ६९० जना स्वयंसेवक स्थानीय खटाइनेछन् ।

यस्तै जिल्लामा निर्वाचनलाई भयरिहत बनाउनका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्ष दयानिधि ज्ञवालीका अनुसार मतदान केन्द्रमा शनिबारदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको छ । उनिहरुलाई बन्दोबस्तीका सामाग्री सहित शनिबार बागलुङ बजारबाट केन्द्रतर्फ पठाइएको छ ।

“हामीले जिल्लाका १०३ मतदान स्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वको समितिले स्थलगत अनुगमन गरिरहेका छौं, हामीले मतदान स्थललाई अति संवेदशनशिल, संवेदनशिल र सामान्य गरी विभाजन गरेका छौं” ज्ञवालीले भन्नुभयो “यही अनुसार फरक–फरक सुरक्षा योजना छ, त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरेका छौं, आइतबारदेखि मतदानस्थलको सुरक्षा दिन थालिसकेको छ, विस्तारै २७ गते सम्म पूर्ण सुरक्षा दिन्छौं ।”

ज्ञवालीका अनुसार जनताले ढुक्क भएर मतदान गर्ने बातावरण तयार गर्न कुनै कसुर काँकी राखिएको छैन । जिल्लामा ७०० नेपाल प्रहरी, ९८३ म्यादी प्रहरी, शसस्त्र प्रहरी ३३० र नेपाली सेना ५५० गरी दुई हजार ५६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनको पुरै सुरक्षा व्यवस्थाको जिम्मा भने नेपाल प्रहरीलाई रहेको छ । म्यादी प्रहरीको सहयोगमा नेपाल प्रहरीले निर्वाचनमा सुरक्षा दिइने छ । मतदान केन्द्रमा म्यादी सहितको प्रहरी परिचालन गरिने छ भने बाहिरी घेरामा शसस्त्र प्रहरी खटाइनेछ । मतदान स्थल नजिकै नेपाल आर्मी परिचालन गरिने छ ।

मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता संख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ । १० पालिका रहेको जिल्लामा बागलुङमा एक लाख ९३ हजार २२६ मतदाता, २३० मतदान केन्द्र र १०३ मतदान स्थल रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *