व्यवहारमा मात्रै होइन व्यवस्थामै परिवर्तन ल्याउँन उम्मेदवार बनेका राजन

सिर्जना पन्त, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका ३४ वर्षीय राजन पाइजा पेशाले कराँते खेलाडी हुन् । उनले पछिल्लो चार वर्ष यता सितोरियो कराँते संघले बडिगाड गाउँपालिकामा सञ्चालन गरेको बडिगाड डोजोमा निशुल्क प्रशिक्षण गर्दै आएका छन् ।

गाउँपालिका अध्यक्षको उम्मेदवारको रुपमा एमालेले अगाडी सारेका पाइजा बडिगाड गाउँपालिकाको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाका जेठा छोरा हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका बाबा मेहरसिंह पाइजालाई विजयी बनाउँन अग्र मोर्चामा खटिएका राजन पाइजा नेकपा (माओवादी केन्द्र)का बागलुङ जिल्ला सदस्य थिए ।

एमाले र माओवादीको गठबन्धनबाट साझा उम्मेदवार बनेका बाबा मेहरसिंह पाइजा निर्वाचन जित्दै गाउँपालिका अध्यक्ष बने । बाबालाई सफल गाउँपालिका अध्यक्ष बनाउन राजनले करिब २ वर्ष सहयोगीको रुपमा निशुल्क गाउँपालिकामा काम गरेको बताउँछन् । पछि गाउँपालिका अध्यक्षको लागि सरकारले सवारी साधनको व्यवस्था ग¥यो । राजनले गाउँपालिकाबाट सवारी चालकको नियुत्ती लिएर पुनः ३ वर्ष काम गरे ।

राजनको पुख्र्याैली पेशा कृषि हो । बाबा गाउँपालिकाको अध्यक्ष भएपनि उनिहरुले आफ्नो व्यवसायीक कृषि खेती छोडेका थिएनन् । निर्वतमान गाउँपालिका अध्यक्ष बनेपछि पनि बाबा मेहरसिंह पाइजा पुनः कृषि पेशामै फर्किने राजन बताउँछन् । २०५४ सालमा गाउँबाट सदरमुकाम बागलुङ बजार झरेर स्थानीय होलिचाइल्ड बोर्डिङ स्कुलको होस्टेलमा बसेर अध्ययन सुरु गरेका राजन शसस्त्र द्वन्द्वको समयमा संस्थागत विद्यालय बन्द भएपछि २०५८ सालमा पुनः गाउँ फर्किए । सोही समयमा राजनले कराँते सिकेका थिए ।

गाउँकै भानु माध्यामिक विद्यालयको कक्षा ९ मा भर्ना भएका राजनले सर्वहाराको दुख, पीडा बुझ्ने र सामान्तवादको अन्त्य गरी जातिय र वर्गिय विभेदको अन्त्य गर्न आन्दोलनमा होमिएको माओवादीलाई सहयोग गर्नुपर्छ भनेर माओवादीलाई सहयोग गरेको बताउँछन् ।
बाबा नेपाल कम्युनिष्ट पार्टी एमालेको सक्रिय राजनीतिमा रहेपनि त्यो बेला परिर्वतको लागि लड्ने एकमात्र कम्युनिष्ट पार्टी माओवादी हो भन्ने लागेको राजन बताउँछन् ।

एस.एल.सी पछि उच्च शिक्षा अध्ययनको लागि राजन रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौमा मानविकी संकायमा भर्ना भए । समय ठ्याक्कै याद नभएपनि राजनलाई शसस्त्र द्वन्द्वको उत्तर्राध तिर २०६३ सालमा माइतीघर मण्डलामा भएको अन्दोलनमा प्रहरीको लठ्ठी लागेर टाउकोमा चोट लागेको याद छ । देशमा सान्ती सम्झौता भयो । राजन माओवादीको राजनीति सँगै पढाई बीचमै छोडेर कराँते खेलतर्फ बढि आर्कषित भएको बताउँछन् ।

‘एमाले र माओवादी केन्द्र विच पार्टी एकिकरण भएपछि बनेको नेकपा फुट्यो,’ राजनले भने ‘तर, मैले बुबालाई साथ दिने र एमालेमै रहने निधो गरे ।’ अहिले राजन नेकपा एमाले बागलुङको सचिवालय सदस्य हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय दर्जनौ खेल खेलेका, खेलाएका र पुरस्कार जीतेका राजन अब जनताको मन जितेर गाउँपालिका अध्यक्ष बनि दुर्गम गाउँलाई शिक्षा, स्वास्थ्य, कृषि र खेल मार्फत सम्मृद्धिको बाटोमा डोहो¥याउँने मार्गमा लागेको बताउँछन् ।

बुबाको ५ वर्षे कार्यकालमा बुबा सँगै आफु आफ्नो भूगोल, जनताको समस्या, दुःख, पीडा, बाध्यता र व्यवस्था सँग नजिक भएको उनको भनाई छ । ‘बुबा सँगै जहाँ पनि म पुगे, यो अबधीमा बाढी देखेँ, पहिरो देखे, गर्भवती, सुत्केरी, वृद्धा वृद्धालाई परेको स्वास्थ्य समस्या देखेँ, रोजगारीको अभावमा बरालिएका युवा देखेँ, शिक्षामा भएको विभेद देखेँ,’ राजन भन्छन् ‘बुबाको कार्यकालमा जति सक्यौ ग¥यौं अब पहिचान भएका समस्या माथि सकारात्म परिवर्तन हुने गरि काम गर्नेछु ।’

बुबाको ५ वर्षे कार्यकाल साढे २ वर्ष सिक्न, बुझ्न र समस्या पहिचान गर्न वित्यो, साढे २ वर्ष कोरोनाले ग्रस्त बनयो राजनले भन्छन् तर, पनि केही काम सम्पन्न भएका छन्, केही सुरु भएका छन् मैले रफ्तार दिनेछु, परिर्वतन दिनेछु ।

विपन्न विद्यार्थीलाई माध्यामिक तह सम्म निशुल्क आवासको व्यवस्था मिलाई धनी गरिब विचमा रहेको शिक्षाको खाड्ल पुर्ने राजनको योजना छ । संगो गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने कृषकका उत्पादनलाई पालिकाले बजारीकरणको व्यवस्था मिलाई दिने उनको अर्काे योजना छ । जेष्ठ नागरिकलाई आधारभुत स्वास्थ्य सेवा घरमै पु¥याउने, युवालाई सिप सिकाउने र गाउँपालिकाले लघु उद्यम सञ्चालन गरी रोजगारीमा जोडने उनको अर्काे प्रतिवद्धता छ । खेल खेल्छु, खेलेर जीवन चलाउँछु भन्ने सोच रहेका खेलाडीलाई गाउँपालिकाले साथ र संरक्षण गर्ने उनको भनाइ छ ।

‘काम त म गर्छु नै, बडिगाडका जनताले मेरो काम देखेका छन्, थप देख्नेछन्,’ राजन भन्छन् ‘मेरो उम्मेदवारी काम र व्यवहार गर्नको लागि मात्रै होइन, उमेर पुगेपछि मात्रै राजनीति गर्ने हो, भन्ने व्यवस्था परिर्वतन गर्नका लागि हो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *