बलेवा क्षेत्र कृषि र पर्यटन विकासको आधार हो–बसन्त कुमार श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा जिल्लामा क्रियाशिल राजनिति दलले प्रचारप्रसारका कार्यक्रम तिब्र बनाएका छन । संयुक्त गठबन्धनको घरदैलो तथा चुनावी कार्यक्रम सोमबार बागलुङ नगरपालिका–१३ को पैयुँपाटा वडा नं. १४ को नारायणस्थान र वडा नं. १२ को अमलाचौरमा सम्पन्न भएको छ । पाँच दलिय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार माओबादी केन्द्रका राजु खड्का सहितको टोलीले घरदैलो गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन ।

चुनावी कार्यक्रममा बोल्दै नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठले बलेवा क्षेत्र कृषि र पर्यटन विकासको आधारको क्षेत्र भएको बताए । उनले बलेवा विमानस्थललाई नियमिति संचालनका लागि हिजोका प्रयास असफल भएका कारण अब आउने नेतृत्वले यसलाई व्यवस्थापन गरी संचालन गर्ने बताए । उनले बलेवा क्षेत्र कृषिमा पनि उर्भर भुमी भएको हुँदा यहाँ उत्पादन भएका हरेक वस्तुको बजारीकरणका निम्ती आफुहरु निर्वाचित भए सँगै सहजीकरण गर्ने बताए ।

‘यो क्षेत्र कृषि र पर्यटननमा निकै सम्भावना भएको क्षेत्र हो श्रेष्ठले भने,–यहाँ उत्पादन भएका हरेक वस्तुलाई बजारीकरणका समस्या पनि छैन । लामो झोलुङ्गे पुल यान्त्रीक पुल र बञ्जीजम्पले यहाँको पर्यटन विकासमा थप टेवा पु¥याएको छ । यसलाई अझै अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनका निम्ती बलेवा विमानस्थललाई व्यवस्थित गरेर नियमित संचालन गर्न जरुर रहेको छ ।

उनले विमानस्थल संचालनका निम्ती पहिले यहाँ आउने सडकलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा उपप्रमुखका उम्मेदवार राजु खड्काले बलेवा क्षेत्र छुट्टै पहिचाहन बोकेको क्षेत्र र सम्भावना रहेको क्षेत्र भएको कारण यहाँको थप विकासका निम्ती गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेल, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एव बागलुङ इन्चार्ज बलावलती शर्मा, काँग्रेस बागलुङका पुर्व सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, वडा अध्यक्षका उम्मेदवार चक्रबहादुर खत्री, काँग्रेस बागलुङ नगरपालिकाका नगर सभापति उमाकान्त शर्मा बाबु, महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी लगायतले ३५ वर्ष देखी बागलुङ नगरपालिकामा नेकपा एमालेको सासनलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । उनिहरुले नगरपालिकालाई सुसासन रहित बनाउनका पाँच दलिय गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *