कांग्रेस गलकोटले गर्यो बागी उम्मेदवारको पार्टी सदस्यता खारेज

थम्मन थापा, बागलुङ
नेपाली काँग्रेस गलकोट नगर समितिले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारकाे विरूद्द बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्वद्व ५ दलीय गठबन्धनले अगाडी सारेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै गलकोट नगर प्रमुख पदका उम्मेदवार १ जना, वडा अध्यक्ष पदका उम्मेदवार २ जना र वडा सदस्य पदका उम्मेदवार ३ जना गरि ६ जनाको पार्टी सदस्यता खारेज गरेको नेपाली काँग्रेस गलकोट नगर समितिका सभापति विरजंग भण्डारीले जानकारी दिनुभयाे ।

नेपाली काँग्रेस पार्टीको विधान २०१७ संशोधनसहितको धारा ४ को ३ अनुसार ५ दलीय गठबन्धनको तर्फबाट गलकोट नगरपालिकाको नगर प्रमुख पदका आधिकारिक उम्मेदवार भरत शर्मा गैरे विरुद्व स्वतन्त्र उम्मेदवारी दिएकी नेपाली काँग्रेसका जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनीधि मञ्जु शर्मा चालिसे, वडा नं ५ का वडा अध्यक्ष पदका आधिकारिक उम्मेदवार पवन हमाल विरुद्व स्वतन्त्र उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी क्षेत्रिय प्रतिनिधी कमला ढकाल, वडा नं ७ का वडा अध्यक्ष पदका आधिकारिक उम्मेदवार राज बहादुर थापा विरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका कृयाशील सदस्य राम बहादुर थापा र वडा नं ७ को वडा सदस्यका आधिकारिक उम्मेदवारहरु यशोधा थापा, छबिलाल दर्जी र ज्ञान बहादुर कार्की विरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका कृयाशिल सदस्यहरु टिका साहानी, नर बहादुर थापा मगर र भीम बहादुर केसीको पार्टी सदस्यता खारेज गरिएको नेपाली काँग्रेस गलकोट नगर समितीका सभापति विरजंग भण्डारी र सचिव द्वय योगेश बहादुर भण्डारी र लोकनाथ कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनीहरुलाई नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको नेपाली काँग्रेसले जनाएको छ । स्थानीय तह निर्वाचनमा पार्टीको टिकट वितरण प्रणालीमा असन्तुष्टी जनाउँदै उनीहरुले गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

नेपाली काँग्रेसले बागी उम्मेदवारलाई २ पटक सम्म उम्मेदवारी फिर्ता लिई गठबन्धनलाई सहयोग गर्न निर्देशन दिएको थियो । उम्मेदवारी फिर्ता नलिएपछि उनीहरुलाई कारबाही गरिएको नेपाली काँग्रेस बागलुङका सभापति जीत शेरचनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *