सिसि क्यामेरा र तारजालीसहित तयार भए बागलुङका १० मतगणना स्थल

आदर्श अनलाइन, बागलुङ

बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्नका लागि मतगणना स्थलको तयारी गरिएको छ ।

बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् । बागलुङका १० वटै मतगणनास्थलमा सिसि क्यामेरा सहित तारजालीको व्यवस्था गरिएको छ ।

३० गते हुने स्थानीयतहको निर्वाचनको मतदानपछि पाकिलाले मतगणनाका लागि स्थलको तयारी पुरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार जिल्लाका १० वटै मतगणना स्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ ।

बागलुङको ४ नगरपालिका र ६ गाउँपालिकाको मतगणनाका लागि सिसि क्यामेरा सहित तारजालिको व्यवस्थापन गरेर मतगणना गर्ने तयारी अनुसार मतगणना स्थल तयार पारिएको छ ।

मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार बागलुङ नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गर्नका लागि मतगणनास्थल तयार गरीएको छ । सभाहलमा तारजाली लगाइएको छ भने सिसि क्यामेर जडान गरेर तयारी अवस्थामा राखिएको छ ।

यस्तै जैमिनी नगरपालिकाले नगरपालिकाको वडा नम्बर १ को सभाहलमा मतगणना स्थलको तयारी गरेको निर्वाचन अधिकृत सूर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले मतगणना स्थलमा सिसि क्यामेरा जडान र तारबारको व्यवस्था मिलाएको बताउनुभयो ।

यस्तै गलकोट नगरपालिकामा मत गणनाका लागि पुरानो गलकोट माध्यामिक विद्यालयको भवनमा मतगणना स्थल तयार पारिएको छ भने ढोपाटन नगरपालिकाले बुर्तिबाङ स्थित उत्तरगंगा माध्यामिक विद्यालयको भवनमा मतगणनाको तयारी गरेको छ । दुवै मतगणना स्थलमा सिसि क्यामेरा सहित बलियो गरी तारबार लगाइएको छ ।

यस्तै तमानखोला गाउँपालिकामा मतगणनाको लागि स्थलको तयारी पुरा गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि तारजाली सहित सिसि क्यामेराको व्यवस्था मतगणना स्थलमा गरिएको तमानखोला गाउँपालिकाका निर्वाचन अधिकृत लाल प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

यस्तै निसीखोला गाउँपालिकाको सभाहलमा मतगणनास्थल निर्माण गरिएको निसिखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिनुभयो । उक्त मतगणनास्थलमा सिसि क्यामेरा सहित तारजालीको व्यवस्थापन गरिएको हो । जिल्लाको बडिगाड गाउँपालिका स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलको तयारीपुरा गरेको छ भने ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडामा मतगणना स्थल तयार पारिएको हो ।

सबैमा सिसि क्यामेरा र तारजाली अनिवार्य गरिएको छ भने अन्य सुरक्षा मतगणनास्थलको अवस्था अनुसार हुँने छ ।

यस्तै काठेखोला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले भिमसेन माध्यामिक विद्यालयको भवनमा सिसि क्यामेरा र तारबार सहित मतगणनास्थल तयार गरेको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्क बहादुर केसीले जानकारी दिनुभयो । “निर्वाचन अधिकृतको कार्यालय सानो भएकाले नजिकै रहेको विद्यालयमा मतगणनाको व्यवस्थापन मिलाएका छौं” केसीले भन्नुभयो “आयोगको निर्देशन अनुसार सिसि क्यामेरा र सुरक्षाका लागि तारजाली लगाइएको हो, मतगणनास्थलको तयारी पुरा भएको छ, अब हाम्रो ध्यान निर्वाचनमा जान्छ ।”

यस्तै जिल्लाको बरेङ गाउँपालिकाले मतगणनास्थलमा हुँन सक्ने घटनालाई मध्यनजर गर्दै सिसि क्यामेरा सहितको मतगणना स्थलको तयारी गरिएको बरेङ गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा हुँन सक्ने अवान्छित क्रिर्याकलापहरुलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाईएको हो । निर्वाचन आयोगले सिसि क्यामेरा जडान गरेर मतगण्ना गर्न भनेपछि सबै निर्वाचन कार्यालयले स्थानीय पालिकाको व्यवस्थापनमा सिसि क्यामेरा र तारजाली लगाएको हो । मतगणना स्थलमा मतपत्र च्यात्ने, भीडभाड हुँने लगायतका घटना नहोस भन्नका लागि सिसि क्यामेरा र तारबार गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *