कांग्रेसद्वारा एमाले बडिगाडका उम्मेदवार सहितको समूहमाथी खुकुरी प्रहार


आदर्श अनलाइन, बागलुङ

मौन अबधीको समयमा नेपाली कांग्रेसको समूहले बागलुङको बडिगाड गाउँपालिकाका उम्मेदवार सहितको समूहलाई खुकुरी प्रहार गरेको छ ।

मौन अवधी चलिरहेको समयमा बुधबार राती नेपाली कांग्रेस बडिगाड गाउँकमिटि उपसभापती अर्जुन कुमार पाइजा सहित १५ जनाको हतियार सहितको समूहले बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, नेकपा एमाले तर्फबाट बडिगाड गाउँपालिका अध्यक्षका उम्मेदवार राजन कुमार पाइजा, गणेश पाइजा, निमेश आचार्य, किरण सुनार र चन्द्र पाइजालाई आक्रमण गरी घाइते बनाएको छ ।
खुकुरी प्रहारबाट गाउँपालिका उम्मेदवार राजन पाइजाको हातमा चोट लागेको छ भने चन्द्र पाइजाको हात भाँचिएको छ । अहिले चन्द्र पाइजा र अर्का घाइते गणेश पाइजाको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । रानाले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा ल्याएको जानकारी दिनुभयो ।

उहाँले अनुसन्धापछिमात्रै घटनाको विवरण बाहिर सार्वजनिक गर्ने बताउनुभयो ।
यस्तै घटनामा सम्लग्न दोषीलाई कार्वहीको माग गर्दै नेकपा एमाले बडिगाड गाउँकमिटिले ध्यानआर्कषण गरेको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँकमिटिका अध्यक्ष कमलराज आचार्यले घटनामा सम्लग्नलाई कार्वाहीको माग गर्दै नेकपा एमाले निश्पक्ष चुनावको पक्षमा रहेको बताउनुभयो । उहाँले हारको मानसिकताबाट एमालेका उम्मेदवारमाथी आक्रमण गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *