बागलुङका सबै मतदानस्थलमा त्रिपालको व्यवस्था


आदर्श अनलाइन, बागलुङ
भोली हुँने स्थानीय तहको निर्वाचनमा मौसमी प्रभाव रोक्नका लागि सबै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ ।

जिल्लाको तमानखोला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले पालिकाकोे संयोजनमा सातवटै मतदान स्थलमा त्रिपाल खरिद गरेर पठाएको छ । तमानखोलामा मात्रै हैन अन्य मतदान केन्द्रमा समेत त्रिपालको व्यवस्थापन भइरहेको छ ।

मतदानको दिन शुक्रबार पानी पर्ने भएपछि निर्वाचन आयोगले त्रिपालको व्यवस्था गर्न भनेपछि बागलुङका सबै मतदान स्थललाई सुरक्षित बनाइएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताउनुभयो । उहाँले ठूलै पानी परे समस्या हुँनेभएपनि सानो पानीलाई त्रिपालको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

“सबै मतदान अधिकृतलाई त्रिपालको व्यवस्थापन गर्न भनिएको छ, अधिकांशले त्रिपाल सहित मतदान स्थलको व्यवस्थापन गरिसकेको जानकारी पठाएका छन्” न्यौपानेले भन्नुभयो “छुटफुट त्रिपाल नभए स्थानीय वडा कार्यालय, पालिकालाई संयोजन गर्न भनिएको छ त्यो पनी नभए मतदान अधिकृतले खरिद गरेर भएपनि त्रिपालको व्यवस्थापन सबै मतदान केन्द्रमा गरिन्छ ।” खुल्ला स्थानमा मतदान गर्नुपर्ने भएकाले पानीले मतदानमा समस्या पर्ने देखिएपछि धमाधम मतदानस्थलमा त्रिपालको व्यवस्थापन भइरहेको छ । बागलुङमा जिल्लाका १ सय ३ मतदान स्थल र २ सय ३० मतदान केन्द्र रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *