मतदातालाई चना अण्डा बेच्दै सीता, एक महिनाको आम्दानी एक दिनमै

साधना पन्त, बागलुङ
बागलुङ नगरपालिका–१ को रामरेखा आधारभुत विद्यालयको प्राङगणमा मतदान चलिरहेको छ ।

मतादन केन्द्र जाने देब्रे पट्टी स्थानीय सीता राना आफ्ना भाइ बहिनी सहित खाजा बेचिरहेकी छन् ।
खाना खाएर परिवारका सबै सदस्यले मतदान गरेपछि चना, अण्डा, पानी र फ्रुटी लिएर बेच्न बसेकी उनको साँझ ५ बजे सम्म ४५ हजार रुपैयाँ आम्दानी हुने अनुमान छ ।

कालिका मन्दिर प्रवेशद्वार नजिक सिताका बाबा आमाको नास्ताघर छ । निर्वाचनको दिन उनिहरुले नास्ताघर बन्द गरेका छन् । तर, भोट राख्न आउनेहरुलाई खाजा, पानी र चिसो बेच्न सके महिना दिन दुख गर्दा नास्ताघरमा हुने आम्दानी एक दिनमै गर्न सकिने अनुमान गरेर खाजा बेच्न थालेको सीताले बताईन् ।

बाबाले नास्ताघरमै चना अण्डा पकाएर मतदान केन्द्रसम्म ल्याईदिएको र आमा, बहिनी र भाइसँग मिलेर आफुले बेचिरहेको सीताले बताइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *