गलकोटको रिघाबाट एमालेको विजयी शुरुवात


आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेले बागलुङको गलकोट नगरपालिका–११ रिघाबाट विजयी सुरुवात गरेको छ ।

पाँच दलिय गठबन्धनका उम्मेदवारलाई २ सय ६४ मतले पराजित गर्दै नेकपा एमाले बागलुङका उप–सचिव समेत रहेका डम्मर श्रीष पुनः वडा अध्यक्षमा विजयी भएका हुन् ।

श्रीषले ९७३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी पाँच दलिय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका दलबहादुर बुढाथोकीले ७ सय ९ मत प्राप्त गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचन जनमोर्चा र एमालेको तर्फबाट उम्मेदवार बनेका श्रीषले ७ सय ७९ मत प्राप्त गरि विजयी भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *