ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बि.क बिजयी


आदर्श अनलाइन, बागलुङ

बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका धन बहादुर बिक १९५ मतान्तरले बिजयी हुनुभएको छ ।

बिकले २ हजार २८५ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्ष स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले पुतली चिन्हमा २ हजार ९० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भिम बहादुर रोका बिजयी हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेकी प्रतिद्वन्द्वी छममाया घर्ती हुनुहुन्थ्यो । उपाध्यक्षमा भिम बहादुर रोकाले ३ हजार ४०३ मत प्राप्त गरेर बिजयी हुनुभएको छ भने घर्तीले ५६१ मत प्राप्त गर्नूभएको हो ।

यस्तै पालिकाका पाँच वडामै गठबन्धका उम्मेदवार विजयी भएका छन् । ताराखोला गाउँपालिका–१मा यम ब श्रीस, २ मा भद्र घर्ति, ३ मा कर्ण बहादुर भण्डारी, ४ जित बहादुर खत्री र ५ नम्बर वडामा मन बहादुर खत्री बिजयी हुनुभएको छ । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धको प्यानलै बिजयी हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *