गलकोट नगरपालिका गैरे विजयी

आदश अनलाइन, निसीखोला
बागलुङको गलकोट नगरपालिकामा पाँच दलीय गठबन्धनबाट कांग्रेसका भरत शर्मा गैरे विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर काउचा घर्तीलाई १८९५ मतान्तरले पराजित गरेका छन् । गैरेले पाँच हजार ४१४ र घर्तीले ३५१९ मत प्राप्त गरेका छन् ।

प्रमुखमा स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसे ३२६२, राप्रपाका डम्मर बहादुर केसीले ६२ र स्वतन्त्र उम्मेदवार दिपेन्द्र सहानीले ४० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै माओवादी केन्द्रका फमलाल निउरे विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी नेकपा एमालेकी रुपा विकलाई २९८२ मतान्तरले पराजित गरेका छन् । निउरेले छ हजार ३९ मत ल्याउँदा विकले तीन हजार ५७ मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेदवार तिलबहादुर उप्रेदीले १९८१ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *